रामेछापमा मोटरहेड मोटरसाइकल

Written by meropradesh creator

३० श्रावण २०७८, शनिबार

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा मोटरहेड मोटरसाइकल नु.बि.ट्रेडर्सले भित्र्याएको छ । शुक्रबार प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाइकलको डिलरसिप नु.बि.ट्रेडर्स रामेछापको मन्थलीमा खुलेको हो ।
विगत पाँच वर्षदेखि नेपाली बजारमा आएको मोटरहेड मोटरसाइकल अन्य मोटरसाइकलको तुलनामा सस्तो र प्रभावकारी रहेको एसएलआर टेक्नो एण्ड टे«ड प्रा.लिका महाप्रबन्धक उज्वल जोशीले बताए । जापानीज प्रविधिमा चाइनाले उत्पादान गरेको सो मोटरसाइकले छोटै समयमा एसियाको बजारमा लोकप्रियता कमाउन सफल भएको पनि महाप्रबन्धक जोशीले बताए ।


यो मोटरसाइलक रोड र अफरोड दुवैको लागि निकै प्रभावकारी रहेको उनले बताए । राम्रो पिकअप साथै इन्धनको माइलेज पनि राम्रो भएकाले यो मोटरसाइकले राम्रो बजार लिनेमा आपूm विश्वस्त रहेको जोशीको भनाई छ ।
वितरण कम्पनीले मोटर साइकलको खरिदसँगै ३० प्रतिशत पार्टहरु पनि ल्याउनुपर्ने भएकाले अब मोटरहेड मोटरसाइकलको पाटर्स र सर्भिसको लागि समस्या नहुने पनि उनले बताए । रामेछाप जिल्लामा अफरोड धेरै भएको र आफरोडको लागि प्रभावकारी भएकाले मोटरहेड मोटरसाइकले रामेछापमा राम्रो बजार लिनेमा आपूm ढुक्क रहेको रामेछापको आधिकारी विक्रेता (सोरुम) नु.बि. ट्रेडर्सका सञ्चालक बिबेक केसीको भनाई छ । सोरुममा हाल ६ थरी मोडलका मोटरसाइकल उपलब्ध छन् । जसमा टेक्कन २५० सीसी, स्पोर्ट २५० सीसी , स्क्रयाम्बलर २५० , एमएच २००, एक्स २५० सिसि ६ गेयरसहित हाइडोलिक डिस्कब्रेकमा उपलब्ध छन् । त्यसैगरी एमएच १५० आरमा ५ गेयरसहित हाइडोलिक डिस्कब्रेक रहेको छ ।

नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुने यी मोडेलका नयाँ मोटरसाइकल नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एण्ड टे«ड प्रा.लि सार्वजनिक गरेको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...