रामेछापमा कांग्रेसको ऐतिहासिक जित हुने प्रवक्ता रुवालीको दाबी

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट नेपाली कांग्रेस ले ऐतिहासिक विजय हासिल गर्ने दाबी गरिएको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली ले निर्वाचन केवल मतदान प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक विचलनबाट मुक्त गराउने महत्वपूर्ण अवसर भएको बताएका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा रामेछापको सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभर कांग्रेसको पक्षमा जनलहर सिर्जना भइरहेको र रामेछापमा त्यसको प्रभाव अझ स्पष्ट रूपमा देखिएको बताए । उनका अनुसार पार्टीले स्पष्ट बहुमतका साथ विजय हासिल गर्ने गरी संगठनात्मक तयारी र चुनावी रणनीति अघि बढाइसकेको छ ।

रुवालीले रामेछापको विकास निर्माणमा कांग्रेसले खेलेको ऐतिहासिक भूमिकाको चर्चा गर्दै गाउँ–गाउँमा सडक विस्तार, शिक्षा र स्वास्थ्यका पूर्वाधार निर्माण तथा जलविद्युत परियोजनालाई अघि बढाउन पार्टीको योगदान महत्वपूर्ण रहेको बताए । उनले बीपी कोइरालाको समाजवादी चिन्तन र वर्तमान आवश्यकताअनुसार आर्थिक विकास तथा समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने तर्क गरेका छन् ।

कम्युनिष्ट शक्तिहरूमाथि टिप्पणी गर्दै उनले जनतालाई देखाइएका धेरै सपना केवल सत्तामा पुग्ने माध्यम मात्र भएको दाबी गरे । उनका अनुसार विगतका राजनीतिक घटनाक्रमले कम्युनिष्ट घटकहरूको व्यवहार जनतामाझ स्पष्ट भइसकेको छ ।

रुवालीले अहिले मुलुकको अर्थतन्त्रलाई सही मार्गमा ल्याउन, युवालाई रोजगारीका अवसर सिर्जना गर्न तथा रामेछाप जस्तो कृषि र जलस्रोतको सम्भावना भएको जिल्लामा आधुनिक कृषि र पर्यटन विकासलाई अघि बढाउन कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्तालाई उनले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट फैलाइएका भ्रमहरूलाई गाउँ–गाउँमा पुगेर चिर्न आग्रह गरेका थिए । उनले पार्टीभित्र रहेका सानातिना असन्तुष्टि र मनमुटावलाई थाँती राखेर लोकतन्त्रको रक्षा र कांग्रेसको विजयका लागि एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन् । उनले फागुन २१ को निर्वाचनलाई नयाँ राजनीतिक दिशा दिने अवसरका रूपमा लिँदै मतदातालाई विवेकपूर्ण निर्णय गर्न समेत आग्रह गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...