रामेछाप । जिल्ला प्रशासन कार्यलयमा जेष्ठ ९ गते बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यस्थापन केन्द्र रामेछापको बैठकले जेष्ठ १९ गते सम्म जिल्लामा निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण नेपालमा तिव्ररुपमा बढिरहेको र जिल्लामा समेत कोभिड–१९ को संक्रमण बढ्दै गएकोले जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने भन्दै जेष्ठ १९ सम्म जिल्लाभरी निषेधाज्ञा लागु गर्ने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । जिल्लामा ४ जनाको कोरोना संक्रमण बाट ज्यान गइसकेको छ भने ६ सय १२ जनालाई पछिल्लो पटक कोरोना संक्रमण भइसकेको छ । त्यस मध्य ३ सय ९७ जना अझै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...