मेरो प्रदेश डेक्स
मन्थली, भाद्र ३
ब्रह्माकुमारिज, नेपालले रामेछापमा रक्तदान कार्यक्रम गर्ने भएको छ । राजयोगिनी दादी प्रकाशमणीको १८ औं स्मृति तथा विश्व भ्रातृत्व दिवसको अवसरमा सो कार्यक्रम हुन लागेको हो ।
जिल्लामा रगत अभाव हुन नदिन भदौ ६ गते रामेछाप नगरपालिका र ८ गते ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र मन्थलीमा कार्यक्रम आयोजना हुने ब्रह्माकुमारिज, नेपाले जनाएको छ । ब्रह्माकुमार डा. भरतकुमार श्रेष्ठले रक्तदान कार्यक्रम गरी राजयोगिनी दादी प्रकाशमणीको स्मृति र विश्व भ्रातृत्व दिवस मनाउन लागिएको बताए । उनले रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरी पूण्य कमाउन अनुरोध गर्नु भएको छ ।
जिल्लाका ब्लडबैँक एवं अस्पतालमा रगतको अभाव हुन नदिन र रगतको उपलब्धता सहज पार्न रक्तदान कार्यक्रम महत्वपूर्ण हुन्छ । दुर्घटनाका गम्भिर बिरामी, शल्यक्रिया गर्नुपर्ने सुत्केरी र रक्तअल्पताका बिरामीलाई रगत अपरिहार्य हुन्छ ।










