रामेछापको मन्थली नगरपालिका–६ मा निर्माणाधीन पक्की पुलभन्दा केही दक्षिणतर्फको भिरबाट एक यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ। काठमाडौंबाट रामेछापतर्फ आउँदै गरेको बस केही बेरअघि दुर्घटनामा परेको हो।स्थानीयका अनुसार दुर्घटनामा ठूलो क्षति भएको आशंका गरिएको छ। घटनास्थल नजिकै रहेका निर्माण व्यवसायी दीपककुमार थापाले केही यात्रु र सामान तामाकोशीमा बगेको देखिएको बताए। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









