रामेछापका स्थानीय तह आगामी वर्षको बजेट निर्माणको अन्तिम तयारीमा

रामेछाप जिल्लाका आठ वटै स्थानीय तह आगामी आर्थिक वर्ष २०८३८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणको अन्तिम तयारीमा जुटेका छन् । सङ्घीय र बागमती प्रदेश सरकारले आफ्नो बजेट सार्वजनिक गरिसकेको पृष्ठभूमिमा यहाँका दुई नगरपालिका र छ गाउँपालिका आगामी आवको बजेटलाई पूर्णता दिन अहोरात्र खटिएका हुन् ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्रै आफ्नो वार्षिक बजेट नगर वा गाउँ सभामा पेस गरिसक्नुपर्ने बाध्यता छ । सोही व्यवस्थालाई पछ्याउँदै जिल्लाका सबै पालिकाले असार १० गतेभित्रै अधिवेशन आह्वान गरी बजेट ल्याउने सुनिश्चितता गरेका छन् ।

लिखु तामाकोशी गाउँपालिकाका उपाध्यक्ष दीपा पाख्रिनले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार लिखु तामाकोशीले यस पटक उत्पादनमुखी आयआर्जन र पूर्वाधार विकासलाई सँगसँगै लैजाने रणनीति अख्तियार गरेको छ ।

यसै गरी, सुनापति गाउँपालिकाले गाउँ सभाको अधिवेशनमार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिका उपाध्यक्ष गीता विष्टले विगतका केही गौरवका आयोजनालाई निरन्तरता दिँदै यस वर्ष थुप्रै नयाँ जनमुखी कार्यक्रमहरू थप गर्न लागिएको उल्लेख गर्नुभयो ।

सङ्घ र प्रदेशको कार्य सञ्चालन ऐन बमोजिम नै दोरम्बा शैलुङ गाउँपालिकाले पनि गाउँ सभाको अधिवेशनबाट नयाँ बजेट ल्याउने गरी तयारीलाई तीव्र पारेको जनाएको छ । उता गोकुलगंगा गाउँपालिकाले पनि असार १० गतेभित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी गृहकार्य भइरहेको जानकारी दिएको छ । गाउँपालिका उपाध्यक्ष उषादेवी कार्कीका अनुसार हिमाली भेग र प्राकृतिक स्रोतको प्रचुरता रहेको गोकुलगंगाले यस पटक गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा नागरिकको पहुँच र पर्यावरण अनुकूल पर्यटन पूर्वाधार निर्माणलाई बजेटको केन्द्रमा राखेको छ ।

जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले पनि असार १० गते नै नगर सभामा बजेट पेस गर्ने गरी सम्पूर्ण आन्तरिक तयारी पूरा गरेको छ । मन्थली नगरपालिकाका नगर उपप्रमुख ईश्वरी बस्नेतले नगरको सन्तुलित विकासका लागि केही पुरानै योजनालाई निरन्तरता दिँदै यस वर्ष मुख्य रूपमा सहरी सुदृढीकरण, फोहोरमैला व्यवस्थापन र युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेटको सिलिङ निर्धारण गरिएको स्पष्ट पार्नुभयो ।

मन्थलीसँगै जोडिएको ऐतिहासिक रामेछाप नगरपालिकाले पनि केही पुराना अधुरा योजना र नयाँ सम्भावना बोकेका कार्यक्रम समेटेर सन्तुलित बजेट ल्याउने गृहकार्य गरिरहेको जनाएको छ । उमाकुण्ड गाउँपालिकाले असार ९ गते नीति तथा कार्यक्रम र १० गते बजेट ल्याउने गरी समय तालिका तय गरेको उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिनुभयो ।

यस्तै, खाँडादेवी गाउँपालिकाले पनि बजेटको आवश्यक तयारी गरिरहेको छ । खाँडादेवीले आफ्नो क्षेत्रको भौगोलिक विशिष्टतालाई ध्यानमा राख्दै यस वर्ष पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न लागेको जनाएको छ । स्रोतको सीमितताका बाबजुद पनि नागरिकका जनअपेक्षा समेट्ने गरी पालिकाहरू बजेटलाई अन्तिम रूप दिन जुटेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...