रामेछापका स्थानीय तह आगामी वर्षको बजेट निर्माणको अन्तिम तयारीमा

रामेछाप जिल्लाका आठ वटै स्थानीय तह आगामी आर्थिक वर्ष २०८३८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणको अन्तिम तयारीमा जुटेका छन् । सङ्घीय र बागमती प्रदेश सरकारले आफ्नो बजेट सार्वजनिक गरिसकेको पृष्ठभूमिमा यहाँका दुई नगरपालिका र छ गाउँपालिका आगामी आवको बजेटलाई पूर्णता दिन अहोरात्र खटिएका हुन् ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्रै आफ्नो वार्षिक बजेट नगर वा गाउँ सभामा पेस गरिसक्नुपर्ने बाध्यता छ । सोही व्यवस्थालाई पछ्याउँदै जिल्लाका सबै पालिकाले असार १० गतेभित्रै अधिवेशन आह्वान गरी बजेट ल्याउने सुनिश्चितता गरेका छन् ।

लिखु तामाकोशी गाउँपालिकाका उपाध्यक्ष दीपा पाख्रिनले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार लिखु तामाकोशीले यस पटक उत्पादनमुखी आयआर्जन र पूर्वाधार विकासलाई सँगसँगै लैजाने रणनीति अख्तियार गरेको छ ।

यसै गरी, सुनापति गाउँपालिकाले गाउँ सभाको अधिवेशनमार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिका उपाध्यक्ष गीता विष्टले विगतका केही गौरवका आयोजनालाई निरन्तरता दिँदै यस वर्ष थुप्रै नयाँ जनमुखी कार्यक्रमहरू थप गर्न लागिएको उल्लेख गर्नुभयो ।

सङ्घ र प्रदेशको कार्य सञ्चालन ऐन बमोजिम नै दोरम्बा शैलुङ गाउँपालिकाले पनि गाउँ सभाको अधिवेशनबाट नयाँ बजेट ल्याउने गरी तयारीलाई तीव्र पारेको जनाएको छ । उता गोकुलगंगा गाउँपालिकाले पनि असार १० गतेभित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी गृहकार्य भइरहेको जानकारी दिएको छ । गाउँपालिका उपाध्यक्ष उषादेवी कार्कीका अनुसार हिमाली भेग र प्राकृतिक स्रोतको प्रचुरता रहेको गोकुलगंगाले यस पटक गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा नागरिकको पहुँच र पर्यावरण अनुकूल पर्यटन पूर्वाधार निर्माणलाई बजेटको केन्द्रमा राखेको छ ।

जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले पनि असार १० गते नै नगर सभामा बजेट पेस गर्ने गरी सम्पूर्ण आन्तरिक तयारी पूरा गरेको छ । मन्थली नगरपालिकाका नगर उपप्रमुख ईश्वरी बस्नेतले नगरको सन्तुलित विकासका लागि केही पुरानै योजनालाई निरन्तरता दिँदै यस वर्ष मुख्य रूपमा सहरी सुदृढीकरण, फोहोरमैला व्यवस्थापन र युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेटको सिलिङ निर्धारण गरिएको स्पष्ट पार्नुभयो ।

मन्थलीसँगै जोडिएको ऐतिहासिक रामेछाप नगरपालिकाले पनि केही पुराना अधुरा योजना र नयाँ सम्भावना बोकेका कार्यक्रम समेटेर सन्तुलित बजेट ल्याउने गृहकार्य गरिरहेको जनाएको छ । उमाकुण्ड गाउँपालिकाले असार ९ गते नीति तथा कार्यक्रम र १० गते बजेट ल्याउने गरी समय तालिका तय गरेको उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिनुभयो ।

यस्तै, खाँडादेवी गाउँपालिकाले पनि बजेटको आवश्यक तयारी गरिरहेको छ । खाँडादेवीले आफ्नो क्षेत्रको भौगोलिक विशिष्टतालाई ध्यानमा राख्दै यस वर्ष पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न लागेको जनाएको छ । स्रोतको सीमितताका बाबजुद पनि नागरिकका जनअपेक्षा समेट्ने गरी पालिकाहरू बजेटलाई अन्तिम रूप दिन जुटेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...