रामेछापका सबै पत्रकारहरु कोरोनामुक्त

Written by meropradesh creator

८ जेष्ठ २०७८, शनिबार

रामेछाप । कोरोना संक्रमण भइ आइसुलेसनमा बसेका रामेछापका सबै पत्रकारहरु कोरोनामुक्त भएका छन् ।  जिल्लामा पछिल्लो पटक १० जना पत्रकार कोरोना संक्रमण भइ आइसुलेसनमा बसेका थिए । समान्य ज्वरो आएपछी बैशाख १६ गते कोरोना परिक्षण गर्दा सामुदायिक रेडियो प्रसारक संघ बागमती प्रदेश सचिब तथा हजुरको रेडियोका अध्यक्ष दिपक घिमिरेको १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भए संगै घिमिरे होम आइसुलेसनमा १४ दिन बसेर कोरोनामुक्त भएका छन् । घिमिरेमा कोरोना संक्रमण भएको पुष्टि भएसंगै जिल्लाका अन्य ९ जना पत्रकारहरुले पनी आफुमा पनी संक्रमण भएको हुन सक्ने भन्दै बैशाख २१ गते कोरोना परिक्षण गराएका थिए ।
कोरोना परिक्षण गराएका ९ जना मध्ये ५ जना पत्रकारहरुमा २३ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमित पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य तथा कान्तीपुर टेलिभिजनका पत्रकार दीपक भट्ट, पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष तथा रेडियो तामाकोशीका स्टेशन म्यानेजर युबराज श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पत्रकार महासंघका सदस्य तथा माउण्टेड टेलिभिजनका पत्रकार कुमार श्रेष्ठ, पत्रकार महासंघका सदस्य तथा रेडियो तामाकोशीका समाचार बाचक मिलन बिक र रेडियो तामाकोशीका कार्यक्रम संञ्चालीका सुलोचना थापा भने पत्रकार माहासंघ रामेछापले तयार गरेको आइसुलेसनमा बसेर कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
जिल्लामा थप पत्रकारहरुलाई कोरोना संक्रमण भएसंगै बैशाख २६ गते थप ९ जना पत्रकारहरुले कोरोना परिक्षण गराएका थिए । २६ गते परिक्षण गराएका ९ जना पत्रकारहरु मध्ये ४ जना पत्रकारहरुको २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि हुनेहरुमा पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे र रेडियो रामेछापका स्टेशन म्यानेजर सौजन्य सत्याल, पत्रकार महासंघ प्रदेश परिषद् सदस्य तथा एपी वान टेलिभिजनका जिल्ला प्रतिनिधि सन्तोष ढुंगेल र रेडियो तामाकोशीमा कार्यरत कार्यक्रम सञ्चालिका अनिता थापामगर रहेका थिए ।
कोरोना संक्रमण भएका पत्रकारहरु मध्ये केही पत्रकारहरु पत्रकार महासंघ रामेछापले निमार्ण गरेको आइसोलेसन कक्षमा बसेका थिए भने केही पत्रकार घरमा नै होमआइसोलेसनमा बसेर कोरोनामुक्त भएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...