रामेछापका ३१ मतदान स्थलमा सिसिटिभी जडान, सुरक्षा व्यवस्था कडा

रामेछाप । आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रामेछापमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी प्रशासनले स्थानीय तहसँग समन्वय गर्दै मतदान केन्द्रको सुरक्षालाई थप प्रभावकारी र पारदर्शी बनाउन आधुनिक प्रविधिको प्रयोग सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख (डिएसपी) भोलाकुमार भट्टका अनुसार जिल्लाका विभिन्न संवेदनशील र अति संवेदनशील मतदान स्थलहरूमा सिसिटिभी क्यामेरा जडान गरिएको हो । उनका अनुसार आठवटै स्थानीय तहसँग समन्वय गरी हालसम्म ३१ वटा मतदान स्थलमा सिसिटिभी जडान गरिएको छ भने केही स्थानमा जडान गर्ने काम जारी छ ।

उनले स्थानीय तहसँग सहकार्य गर्दै जहाँ सिसिटिभी नभएका स्थलहरूमा जडान गर्न र भएका स्थानमा थप व्यवस्थित गर्न पहल गरिएको बताए । सुनापति गाउँपालिकाका सबै मतदान स्थलमा सिसिटिभी जडान गर्ने काम तीव्र रूपमा भइरहेको उनले जानकारी दिए ।

रामेछाप, मन्थली नगरपालिकासहित उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी, खाँडादेवी, सुनापति र दोरम्बा शैलुङ गाउँपालिकाका विभिन्न मतदान स्थलमा सिसिटिभी जडान गरिएको प्रहरीले जनाएको छ ।

जिल्लामा कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् । जसमा ९१ हजार ६० महिला र ९६ हजार ८ सय ९२ पुरुष मतदाता रहेका छन् । जिल्लाभर ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र तोकिएका छन् ।

यसपटकको निर्वाचनमा २०७९ सालको निर्वाचनको तुलनामा उमाकुण्ड गाउँपालिका–५ प्रीतिको सरस्वती माध्यमिक विद्यालय सुनुवारधारा र मन्थली नगरपालिका–११ गेलुको मनकामना माध्यमिक विद्यालयमा दुई वटा मतदान केन्द्र थप गरिएको छ ।

निर्वाचन आयोगको कार्यालय रामेछापका अनुसार अघिल्लो निर्वाचनको तुलनामा दोरम्बा शैलुङ गाउँपालिका–५ र ७ का केही मतदान केन्द्र भने हटाइएको छ । विद्यालय तथा वडा कार्यालयहरूमा पहिले नै जडान भएका सिसिटिभी क्यामेरालाई समेत प्रयोग गर्ने तयारी गरिएको जनाइएको छ ।

सुरक्षा निकायका अनुसार जिल्लाका एक दर्जनभन्दा बढी मतदान केन्द्र तथा स्थललाई अति संवेदनशीलको रूपमा पहिचान गरी सोहीअनुसार सुरक्षा योजना तयार गरिएको छ ।

प्रहरी प्रमुख भट्टका अनुसार मंगलबारसम्म करिब ८० प्रतिशत मतदान स्थल र केन्द्रमा सुरक्षाकर्मीको टोली पुगिसकेको छ । आवश्यक परेमा कुनै पनि स्थानमा १० मिनेटभित्र अतिरिक्त सुरक्षा फोर्स पुग्ने गरी सुरक्षा रणनीति बनाइएको उनले बताए ।

उता, निर्वाचन आयोगको कार्यालयले सोमबार साँझसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित १ हजार ३७४ जना कर्मचारी खटाइसकेको जनाएको छ । उनीहरूलाई मंगलबार एक दिने अभिमुखीकरण कार्यक्रममार्फत निर्वाचन व्यवस्थापनबारे प्रशिक्षण दिइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता

फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ संयुक्त राज्य अमेरिका र इरानबीच एक महत्वपूर्ण शान्ति सम्झौता भएको छ। दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा रोक्ने सहमति गरेका छन्। वार्ताको मध्यस्थता गरिरहेका...

बाल्टिमोरमा संगीतकार अविरलमाथि कुटपिट, शल्यक्रियापछि डिस्चार्ज

बाल्टिमोरमा संगीतकार अविरलमाथि कुटपिट, शल्यक्रियापछि डिस्चार्ज

नेपालका चर्चित गायक तथा संगीतकार आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा नेपाली समयअनुसार शनिबार राति (स्थानीय समय) निर्घात कुटपिट भएको छ। कामको सिलसिलामा उत्पन्न सामान्य विवाद उत्कर्षमा पुग्दा दुई स्थानीय व्यक्तिले उनीमाथि आक्रमण गरेका हुन्। आक्रमणबाट संगीतकार अविरलको...