रामेछापका १२ सय जोखिम लाभग्राहीले अनुदान रकम पाएनन्

Written by meropradesh creator

९ भाद्र २०७८, बुधबार

रामेछाप । भुकम्प गएको सातवर्ष बितिसक्दा पनि रामेछापका एकल महिला र पूर्णरुपमा शारिरीक अपाङ्गता भएका जोखिम व्यक्तिले अझै अनुदान रकम पाउन सकेका छैनन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (स्थानिय पूर्वाधार) का कर्मचारीको चरम लापरबाहीका कारण २०७२ सालको विनाशकारी भुकम्पका कारण घरवार विहिन भएका मध्ये रामेछापका जोखिम वर्गमा परेका १ हजार १ सय १२ लाभग्राहीले सरकारले दिने भनेको अनुदान रकम पाउनबाट वञ्चित भएका हुन् ।

भुकम्पपछि सरकारले तोकेको मापदण्ड अनुसार रामेछापका ८ वटै स्थानिय तहको सिफारिसको आधारमा १ हजार २ सय ६३ घरधुरीलाई जोखिम लाभग्राहीको सूचिमा राखेर जिल्ला आयोजना कार्यान्वयन इकाई (स्थानिय पूर्वाधार)ले सम्वन्धीत मन्त्रालयमा सिफारिस गरेको थियो । कार्यालयले सिफारिस गरेको आधारमा मन्त्रालयले सबै लाभग्राहीको नाम अनुमोदन भएर जिल्लामा पठाएता पनि १ हजार १ सय ५० लाभग्राहीले मात्रै जिल्ला आयोजना कार्यालयमा आएर अनुदान रकमको लागि आवश्यक कागजात पेश गरि सम्झौता गरेका थिए ।

जसमध्ये कार्यालयले जोखिम लाभग्राहीसँग गरेको सम्झौताको आधारमा १ हजार १ सय ५० लाभग्राहीलाई प्रति घर ३ लाखको दरले एकमुष्ठ रकम उपलव्ध गराएको थियो । रकम उपलव्ध गराएपछि सो रकमवाट लाभग्राहीहरुले घर निमार्ण गरे वा गरेनन् जिल्ला आयोजना कार्यालयवाट कुनै अनुगमन समेत नभएको र रकम वितरण गरिएको अभिलेख समेत कार्यालयमा नभएको कार्यालय श्रोतले जनाएको छ ।

पछि सरकारले जोखिम लाभग्राहीलाई थप ५० हजार रुपैयाँ प्रदान गर्न १ हजार १ सय ५० लाभग्राहीलाई रकम जिल्लामा पठाएता पनि जम्मा ३८ जोखिम लाभग्राहीले मात्रै रकम पाएका छन् । जिल्लामा नेपाल रेडक्रस सोसाइटी रामेछाप मार्फत निजी आवास पुनर्निमार्ण भएका रामेछाप नगरपालिकाको वडा नं ५ रामपुर र मन्थली नगरपालिका वडा नं १ मन्थलीमा गरि ३८ लाभग्राहीले उक्त रकम लिएका हुन् ।

भुकम्पपछि एकल महिलालाई सरकारले प्रदान गरेको निजी आवास निमार्णको लागि ३ लाख ५० हजार रुपैयाँ मध्ये एकमुष्ठ ३ लाख रुपैयाँ लगेको भएता पनि पछि सरकारले थप गरेको ५० हजार रुपैयाँ आफ्नो छिमेकी एकम महिलाले अझै पाउन नसकेको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीका आशाकाजी शेर्पाले जानकारी दिए ।

यसवाहेक रामेछापका रामेछापका १ हजार १ सय १२ जोखिम लाभग्राहीहरुलाई निजी आवास पुनर्निमार्ण गर्न थप गरिएको ५० हजारको दरले पठाएको रकम रामेछापका एकल महिला र अपाङ्गले पाउन नसकेका हुन् । जिल्ला आयोजना कार्यालयवाट प्रभावकारी अनुगमन र जोखिम लाभग्राहीलाई सरकारले थप गरेको रकम लिन आउने सूचना सवै स्थानिय तहसम्म नआएको कारण जोखिम लाभग्राहीले अनुदान रकम लिनबाट वञ्चित हुनु परेको दोरम्वा गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले जानकारी दिए ।

सरकारले जोखिम लाभग्राहीलाई थप गरेको ५० हजार रकम लिन आउने सूचना सम्वन्धीत स्थानिय तहलाई पठाएता पनि कोही पनि लाभग्राही जिल्ला आयोजना कार्यालयमा सम्र्पक गर्न नआएको जिल्ला आयोजना कार्यान्वयन इकाई (स्थानिय पूर्वाधार) रामेछापका नायव सुब्बा भोजराज गिरीले जानकारी दिए ।

उनले भने– अहिले कार्यालयनै जिल्लाबाट उठन लागेको छ । कार्यालयमा भएका अधिकासं कर्मचारी सरुवा भएर हिडिसकेको अवस्था छ । जोखिम लाभग्राहीले लगेको रकमवाट कती लाभग्राहीले घर निमार्ण गरे कती घर निमार्ण गर्न बाँकी छन भन्ने रेकर्ड समेत यतिखेर कार्यालयमा भेटिन सक्ने अवस्था नभएको नायव सुब्बा गिरीले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...