रामेछाप । रामेछापको प्रदेश सभा ‘क’ मा नेकपा माओवादी केन्द्रले मत अन्तर बढाएको छ । ४ हजार ७ सय ७२ मत गणना गर्दा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरदवार समेत रहेका नेकपा माओबादी केन्द्रका जिल्ला सचिब तारानारायण श्रेष्ठले नेकपा एमालेका उम्मेरदवार शान्ति प्रसाद पौडेललाई ४ सय ६४ मतले पछी पार्दै अग्रता लिएको छ ।
श्रेष्ठले १ हजार ८ सय ३३ मत ल्याउदा एमालेका उम्मेरदवार शान्ति प्रसाद पौडेलले १ हजार ३ सय ६९ मत प्राप्त गरेको छ । त्यसैगरी राप्रपाले १ हजार १, नेमकिपाले ४, नेकपा एसले १८२, मत प्राप्त गरेको छ ।