रामेछाप नगरपालिकाको तीन विधेयक पारित

Written by meropradesh creator

१६ माघ २०७७, शुक्रबार

रामेछाप । रामेछाप नगरपालिकाको आठौं नगरसभाले तीनवटा विधेयक पारित गर्दै आफ्नो नगरसभा सम्पन्न गरेको छ ।
रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरको अध्यक्षतामा भएको उक्त नगरसभाले पूरक विनियोजन विधेयक २०७७, शिक्षा ऐन विधेयक २०७५ (प्रथम शंसोधन) र वडा नम्बर ३ साँघुटार वडा कार्यालयको केन्द्र निर्धारण गर्ने गरि तीनवटा विधेयक पारित गरेको हो । सो नगरसभाले गएको आर्थिकवर्ष २०७६÷०७७ मा भएको भौतिक तथा बित्तिय प्रगती र चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि बिनियोजीत निती तथा कार्यक्रमको पौषमसान्तसम्म कार्यलयले गरेको प्रगतीको बिषयमा समिक्षा गरेको थियो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना महामारीको कारण रामेछाप नगरपालिकाले आफ्नो उद्धेश्य अनुसार काम गर्न नसकेको रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरले सहभागीलाई जानकारी गराएका थिए । उनले हाल कोरोनाको त्रास कम हुँदै गएको र केही मात्रामा जिल्लामा कोरोना विरुद्धको भ्याक्सीन समेत आएर खोप लगाउने अभियान नै शुरु भइसकेकाले आगामी दिनमा नगरपालिकाले बाँकी र अधुरो सबै कामहरुलाई एकैसाथ अघि वढाउने प्रमुख मगरले बताए ।
सभाका सहभागीहरुलाई रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षका लागि स्वीकृत निती र कार्यक्रमहरु र आगामी दिनमा पालिकाले गर्ने कामहरुको बिषयमा रामेछाप नगरपालिकाकी उप–प्रमुख सृजन खड्काले जानकारी गराएकी थिइन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...