रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलन गरी सङ्घले हाल सम्म ३ लाख २० हजार ५ सय आम्दानी भएको जनाएको छ भने १६ लाख ३० हजार ३३८ खर्च भएको कोषाध्यक्ष झनक बहादुर बुढाथोकीले जनाएको छ । अन्य बाँकी रकम छिटै उठ्ने बताउनु भयो । कृषि पर्यटन मेलाले कृषकहरूलाई उत्साहित बनाएको भन्दै मेलालाई अझै थप व्यवस्थित बनाउँदै लैजाने बताएका छन् । मेलामा ६० हजार नागरिकले अवलोकन गरेको अध्यक्ष नवीन थापामगरले बताए ।