रामेछाप काँग्रेसले चुनाब लक्षित कार्यक्रम संचालन गर्ने

Written by meropradesh creator

२७ फाल्गुन २०७८, शुक्रबार

रामेछाप । स्थानिय तहको निर्वाचन नजिकीदै जाँदा नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले चुनाव लक्षित कार्यक्रम लिएर जनताको घरदैलोमा जाने भएको छ ।
सरकारले आगामी वैशाख ३० गते देशभर एकैपटक स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसँगै नेपाली काँग्रेस रामेछापले “घर–घर जाऔं–नेपाली काँग्रेसलाई जिताऔं” भन्ने मुल नारा लिएर पार्टीलाई भोट माग्न जनताको घरदैलोमा जाने भएको छ । सो कुराको जानकारी नेपाली काँग्रेस रामेछापले बिहिवार जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी सहभागीहरुलाई जानकारी गराएको हो ।
पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका पार्टी प्रवक्ता नारायण बहादुर बोगटीले पार्टी केन्द्रिय कार्यालयले दिएको निर्देशन अनुसार फागुन २९ गतेवाट चैत्र २१ गतेसम्म जिल्लाको ८ वटै स्थानिय तहमा चुनाव लक्षित कार्यक्रम संचालन गर्न लागेको जानकारी दिए । उनले भने– पार्टी केन्द्रिय कार्यालयले फागुन २९ गतेवाट निर्वाचन लक्षित कार्यक्रम संचालन गर्न केन्द्रवाट पार्टी केन्द्रिय सदस्य कुन्दराज काफ्लेलाई पठाइसकेको छ । यता जिल्ला कार्यसमितिले पनि चैत्र ९ गतेदेखी २१ गतेसम्म चुनाव लक्षित कार्यक्रम लिएर सबै स्थानिय तहको टोलवस्तीमा पुग्ने गरी कार्यक्रम तय भइसकेकाले सोही अनुसार कार्यक्रम संचालन गर्ने प्रवक्ता बोगटीले बताए ।
चुनाव लक्षित कार्यक्रम लिएर स्थानिय तहसम्म जान पार्टीका विभिन्न पदाधिकारीहरुको संयोजकत्वमा टोली समेत गठन गरेको छ । जसमा रामेछाप नगरपालिकामा पार्टी उप–सभापति लेखवहादुर कार्की, मन्थली नगरपालिकामा पार्टी सचिव बिनोद कार्कीलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी खाँडादेवी गाउँपालिकामा पार्टी उप–सभापति नवराज थोकर, गोकुलगंगा गाउँपालिकामा पार्टी सचिव दीपक खड्का, सुनापति गाउँपालिकामा पार्टीका सह–सचिव ध्रुव चौलागाई र लिखु तामाकोशी गाउँपालिकामा पार्टीका सह–सचिव कमल योञ्जन लाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै दोरम्वा शैलुङ्ग गाउँपालिकामा पार्टीका कोषाध्यक्ष लबवहादुर थापामगर र उमाकुण्ड गाउँपालिकामा पार्टी प्रवक्ता नारायण बहादुर बोगटीलाई संयोजकको रुपमा जिम्मेवारी तोकिएको जनाइएको छ । पार्टीले जिम्मेवारी दिएका सबै संयोजकहरुले कार्यक्षेत्रमा खटिदा उनीहरुसँग अन्य पदाधिकारी र स्थानिय कार्यकर्ताहरुको समेत सक्रिय सहभागीतामा चुनाव लक्षित कार्यक्रम संचालन गर्ने छ ।
पार्टीलाई चलाएमान बनाउन नेपाली काँग्रेस रामेछापको जिल्ला जिल्ला अधिवेशन पछि जिल्लाका ८ वटै स्थानिय तहमा पुगेर पार्टीको नियमित वैठक राख्दै आएको छ । गाउँगाउँमा पार्टीको वैठक राख्दा जनतासँग प्रत्यक्ष भेटघाट हुने र उनीहरुलाई परेको समस्याको र गुनासोको बिषयमा समेत सम्वोधन हुने गरी पार्टीले गाउँगाउँमा बैठक आयोजना गर्दै आएको हो ।

 

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने तय भएको हो । महामन्त्री प्रदीप पौडेलको...

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न सबैमा आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही...

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार...