रामेछाप कांग्रेस सभापति तामाङको विरुद्धमा कार्यसमिति

Written by meropradesh creator

३१ श्रावण २०७९, मंगलवार

रामेछाप । नेपाली कांग्रेस रामेछापका जिल्ला कार्यसमितीको बहुमत सदस्यले पार्टी सभापती पूर्णबहादुर तामाङ (कान्छाराम) को विरुद्धमा प्रेस बिज्ञप्ती जारी गरेको छ । बहुमत जिल्ला कार्यसमिति सदस्यले सभापती तामाङलाई चेतावनी सहित सभापतीको कार्यशैलीको बिरोध गर्दै मंगलबार प्रेस बिज्ञप्ती जारी गरेको हो । मंगलबार जिल्ला कार्य समितिले जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) अल्पमतमा रहेको जनाउँदै हस्तक्षर सहित एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको छ ।

बिज्ञप्तीमा भनेको छ आगमी मंसिर ४ गते हुने आम निर्वाचनमा समेत पार्टीलाई सम्भावित दुर्घटनाबाट बचाउन एवम् संगठनलाई चलायमान गराउन भनि सल्लाह सुझाव दिंदा समेत सभापती तामाङ एकल ढंगले निर्णय गरेर मनपरी काम गरेकोले आरोप छ ।
जिल्ला कार्य समितिको साउन ३ गतेको बैठकबाट सभापति तामाङ अल्पमतमा रहेको जिल्ला कार्य समितिका बहुमत कार्यसमिति सदस्यहरुले जिल्ला पार्टी सभापतिलाई साउन ६ गते दिएको ज्ञापन पत्रले प्रमाणित भैसकेको कुरा बिज्ञप्तीमा उल्लेख छ ।

पार्टी सभापतीले आफ्नो अनुकुल निर्णय गर्नको निम्ती स्थानिय तह निर्वाचनमा बिधान बमोजिम संसदिय बोर्ड नै गठन नगरी मनोमानी र एकलौटी ढंगले स्थानिय तहको टिकट वितरण गरेको तथा कार्यपालिका सदस्य तथा जिल्ला समन्वयको टिकट कार्यसमितीको बैठकमा बिना जानकारी आफु निकटस्थलाई बितरण गरेको समेत आरोप बिज्ञप्तीमा जारी छ । त्यस्तै गरी स्थानिय तह निर्वाचनमा लिखुतामाकोशी गाउँपालिकाको उपाध्यक्षको टिकट पार्टी सदस्य नै नरहेका नेकपा एमाले बाट २०७४ सालको स्थानिय तहको निर्वाचनमा गाउँपालिका प्रमुख गोबिन्द बहादुर खड्काका श्रीमती सरस्वती गुरुङ्ग खड्कालाई आर्थिक चलखेलका कारण टिकट दिएको समेत उल्लेख छ ।

जारी विज्ञप्तीमा भनिएको छ– “कार्य समिति सदस्यहरुले ज्ञापन–पत्र दिँदादिँदै पनि पार्टी सभापतिले पुन: १७ साउनमा बैठक बोलाई बैठकमा २० जना मात्र उपस्थित भएतापनि बैठकमा उपस्थित नै नभएका सदस्यहरुको निर्णय पुस्तिकामा विभिन्न प्रलोभन देखाएर किर्ते हस्ताक्षर गराई आफ्नो पक्षमा बहुमत सदस्य रहेको भनि पूर्ववत सर्वसम्मतबाट गरेका निर्णयहरुलाई उल्टाई पार्टीलाई आघात पुग्ने विभिन्न निर्णय गर्दै गलत प्रचार गरेकोमा हामी बहुमत कार्य समिति सदस्यहरुको तर्फबाट घोर भर्त्सना गर्दछौं ।”

सम्बन्धित सरोकारवाला निकायले यो विषय निराकरणको लागि तत्काल पहल गर्न अनुरोध गर्दै कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले थप सशक्त संघर्षका कार्यक्रम तय गरी अगाडि बढ्न बाध्य हुने भन्दै विज्ञप्ती जारी गरेर चेतावनी समेत दिएका छन् ।

कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट तामाङले निर्वाचित भए पश्चात जिल्ला पार्टी बैठकहरुमा पार्टी सभापतिको कार्यशैली अलोकतान्त्रिक, अराजनीतिक र अराजक भावनाबाट ओतप्रोत भएको कारण निर्वाचित कार्यसमितिका सदस्यहरुले पटक–पटक सभापतिको निर्णयप्रति असहमित जनाउँदै आएका थिए ।

उनीहरुले सभापतिलाई विधान अनुरुप चल्न अनुरोध गर्दागर्दै पनि केहि राजनीतिक स्वार्थीहरुको स्वार्थ सिद्ध हुने गरी पार्टीलाई अबैधानिक र अलोकतान्त्रिक तरीकाले सञ्चालन गरेको उनीहरुको आरोप छ ।

 

हस्ताक्षर सहित प्रेस विज्ञप्तीको पूर्णपाठ:

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...