राजधानी क्षेत्रको रोक्का जग्गा ५ वर्षपछि फुकुवा, स्थानीयवासी खुसी

लुम्बिनी – राजधानी व्यवस्थापनका लागि रोक्का गरिएको राजधानी क्षेत्रको जग्गा प्रदेश सरकारले ५ वर्षपछि फुकुवा गर्ने निर्णय गरेको छ। यसअघि २०७७ असोज १६ गते सरकारले जग्गा कित्ताकाट गर्दा मनोमानी खण्डीकरण हुन सक्ने र राजधानीको व्यवस्थापन प्रभावित हुने भन्दै रोक्का गरेको थियो।

लामो समयसम्म जग्गा रोक्का हुँदा स्थानीय बासिन्दा जग्गा बिक्री वा वितरण गर्न पाएका थिएनन् र यसका कारण उनीहरू आर्थिक समस्यामा परेको स्थानीयहरूले बताएका थिए। स्थानीय मागलाई मध्यनजर गर्दै प्रदेश सरकारले मन्त्रीपरिषद् बैठकमार्फत रोक्का जग्गा फुकुवा गर्ने निर्णय गर्दै संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, “राजधानी क्षेत्रमा रोक्का भएको जग्गा फुकुवा गर्ने निर्णय प्रदेश सरकारले गरेको छ र यसको लागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको छ।”

सरकारले फुकुवामा केही सर्त पनि राखेको छ। राजधानी क्षेत्र राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका सबै वडामा १ कट्ठाभन्दा कम क्षेत्रफलको जग्गा कित्ताकाट गर्न नपाइने, शितगंगा नगरपालिकाका वडामा १ रोपनीभन्दा कम क्षेत्रफलको जग्गा कित्ताकाट गर्न नपाइने निर्णय गरिएको छ। साथै, जग्गा खरिदकर्ताले एकीकरण आयोजनाका शर्तहरू पालना गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

स्थानीय बासिन्दा र जग्गा मालिकहरूले सरकारले गरेको निर्णयलाई स्वागत गरेका छन्। राजधानी शहर निर्माणको कामलाई गति दिने र जग्गा एकीकरणलाई पनि सघाउने उद्देश्यले सरकारले यो कदम उठाएको हो। प्रदेश पूर्वाधार विकास प्राधिकरणका ईञ्जिनियर शंकर सुवेदीका अनुसार, राजधानी क्षेत्रमा १४ वटा प्याकेजको जग्गा एकीकरण योजना अघि बढिरहेको छ र ५१ प्रतिशत जग्गाधनीको सहमतिका आधारमा काम सुरु गरिनेछ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको कार्यालय भवन बनाउन ६ रोपनी जग्गा दान गर्न आव्हान गरिएको छ । धोबी बजारमा लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको पालिकाले आफ्नै भवन निर्माण गर्ने योजनाको साथ जग्गा उपलब्ध गराउन पालिकावासीलाई आग्रह गरेको हो ‌। गौरवको आयोजना...

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछाप । सामुदायिक विकास समाज (सिडीएस) रामेछापले आइतबार नागरिक अगुवा, संघ–संस्थाका प्रतिनिधि र सरोकारवालासँग समन्वय गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै सो अवसरमा शनिबार निजी क्षेत्रका रोजगार प्रदायक संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्नुका साथै...

अब नयाँ भवनमा आँखा केन्द्र

अब नयाँ भवनमा आँखा केन्द्र

मन्थली - रामेछापको सदरमुकाम मन्थलीमा रहेको तिलगंगा सामुदायिक आँखा केन्द्रको अप्रेसन थिएटर सहितको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।‌ १० बर्षदेखि अस्थायी भवनबाट सेवा दिँदै आइरहेको केन्द्रको करिब डेढ करोड रुपैयाँमा साँढे दुई तल्ले भवन निर्माण सम्पन्न भएको हो । भिजन...