लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको कार्यालय भवन बनाउन ६ रोपनी जग्गा दान गर्न आव्हान गरिएको छ । धोबी बजारमा लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको पालिकाले आफ्नै भवन निर्माण गर्ने योजनाको साथ जग्गा उपलब्ध गराउन पालिकावासीलाई आग्रह गरेको हो ‌। गौरवको आयोजना अन्तर्गत भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया सुरु गरिएको पालिकाले जनाएको छ । पालिकाले असोज ३१ गते सूचना जारी गर्दै उपयुक्त जग्गा उपलब्ध गराउन इच्छुक व्यक्ति तथा संघसंस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ। सूचना अनुसार पहिल्यै वडा नं. ४ काला आहालमा जग्गासँगै लालपुर्जा समेत प्राप्त भएपनि विवाद भएपछि मुद्दा परेको थियो । त्यहाँ भवन बनाउन सम्भव नभएपछि पुन: जग्गा प्राप्तिको लागि आवेदन पेश गर्न पालिकावासीलाई आव्हान गरिएको सूचनामा उल्लेख छ । सूचनाामा पालिकाको मापदण्ड र निर्देशिका बमोजिम उपयुक्त जग्गा उपलब्ध गराउन भनिएको छ । जग्गा प्राप्ति भएपछि भवन निर्माण प्रकिया अघि बढ्ने पालिकाका अध्यक्ष केशव महतले बताउनु भयो । भवन निर्माणको लागि चालु आर्थिक बर्ष ३ करोड रुपैयाँ बिनियोजन गरिएको उहाँले जानकारी दिनु भयो । अघिल्लो कार्यकालमा बन्न नसेको पालिकाको भवन आफ्नो कार्यकालमा बनाइछाड्ने उहाँको प्रतिबद्दता छ । पालिकाको भवन निर्माण भएपछि सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउ सकिनेछ, भने भाडाबापतको लाखौँ खर्च जोगिने छ । जग्गा प्राप्तिको लागि निम्न विषेशता हुनु पर्ने सूचनामा उल्लेख छ ।

१. क्षेत्रफलः कम्तिमा ६ रोपनी जग्गा हुनु पर्नेछ ।

२. गाउँपालिका केन्द्र धोवी बजारबाट प्रदान गर्ने सेवा सुविधामा कम्तीमा साठी प्रतिशत जनताको सहज पहुँज हुने गरि अधिकतम पाएक पर्ने स्थान पूर्वमा गाउँपालिकाको प्रस्तावित १५ सैयाको अस्पताल नागी डाडा, पश्चिममा – चित्रे जाने बाटो परिसरसम्म, उत्तरमा पर्खाली धारा र दक्षिणमा देवाली चौरसम्म ( झट्टेश्वरी मन्दिर) मुख्य बजारको केन्द्र भन्दा ५०० मिटरको दुरीमा हुनुपर्ने छ ।३. भौतिक पूर्वाधारःस्थानीय पूर्वाधार खानेपानी सञ्चार विद्युत जस्ता पूर्वाधार को उपलब्धता भएको हुनु पर्ने, खेतीयोग्य जग्गाको प्रयोग नगरी वैकल्पिक जग्गा प्रयोग गर्न सक्ने- सुरक्षाका दृष्टीले उपयूक्त सुरक्षित तथा रणनैतिक रुपमा महत्वपूर्ण स्थान हुनु पर्ने छ ।

४. व्यत्तिको नाममा दर्ता कायम भएको हुनुपर्ने छ ।

५. जग्गा दाताको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि आ.व.२०६२/०६३ को राजश्व बुझाएको रसिद, जग्गाको चार किल्ला प्रमाणित हुने ट्रेस नक्सा, जग्गाको क्षेत्रफल खुलाई उपलब्ध गराउन चाहेको प्रतिबद्धतापत्र जग्गा संगोलमा भएको भए सबै अंशियारहरुको मन्जुरीनामा पत्र सहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी समेत खाम बन्दी गरि पेश गर्नु पर्ने छ ।

६. माथि उल्लेखित शर्त समय तथा मापदण्ड भित्र पेश हुन आएका प्रस्तावहरु मात्र छनौटका लागि गाउँकार्यपालिकामा पेश गरिने छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...