पुर्व बिद्यार्थीहरु बाट झट्टेश्वर माविका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ मा रहेको झट्टेश्वर मा वि का पुर्व बिद्यार्थीहरुले अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । सो बिद्यालयमा अध्यनरत पुर्व बिद्यार्थीहरुले हाल अध्यनरत ४ सय ५० जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको पुर्व बिद्यार्थी एवं नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका पार्टी सभापती भोजराज खड्का ( सुन्दर)ले जानकारी दिए ।


बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा न्यानो कपडा बितरण गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिति केशब महतले जाडोको समयमा पुर्व बिद्यार्थीहरुले आफुले कमाएको रकम बाट अध्यनरत बिद्यार्थीलाई न्यानो कपडा बितरण जस्तो कार्य गरेर समाजमा महत्व पुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । पालिका अध्यक्ष महतले भने“ जसरी यस झट्टेश्वरी माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थीहरु मिलेर अध्यनरत बिद्यार्थीहरुलाई सहयोग गर्नु भएको छ । यो जस्तो समाज प्रतिको उतरदाहित्व अरु हुन्न् । धेरै युवा बिद्यालय छाडेपछी गाउँ छाडेपछी बिर्सने बानी छ तर यस समाजका युवाले आफु अध्यन गरेको बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई सहयोग गर्नु महत्व पुर्न कार्य भएको बताए ।


पुर्व बिद्यार्थी एवं नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका सभापती भोजराज खड्का ( सुन्दर) नेपाली कांग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ का इकाई सभापती टेक बहादुर तामाङ, पुर्व एस्पी अर्जुन खड्का, हाल अष्ट्रिलिया निवासी उमेश खड्का, हाल अमेरिका निवासी पराग खड्का, बिमल खड्का, प्र.अ रुकमनी बस्नेतको सहयोगमा बिद्यार्थीहरुलाई स्वेटर, जर्सी, टाई, बेल्ट बितरण गरेको काँग्रेस सभापती खड्काले जानकारी दिए । कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष रोम बहादुर तामाङको समेत उपस्थिती रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...