रामेछाप । मन्थली नगरपालिका–९ पुरानोगाउँमा बाघको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। अन्दाजी ७० वर्षका, गाउँमा ‘थानसिङ्गे माइली’ तामाङ नामले चिनिने वृद्धा हिजो बेलुका गोठबाट घर फर्कने क्रममा बाघको आक्रमणमा परेका हुन्।
स्थानीय राजकुमार तामाङका अनुसार मृतकको आधिकारिक नाम भने खुल्न सकेको छैन। गाउँमा एक्लै बस्ने हुँदा उनी बेलुका घर नआएको थाहा हुन सकेन। अाज बिहान स्थानीयले गोठ नजिकै उनको शव क्षतविक्षत अवस्थामा देखेपछि घटनाबारे थाहा भएको हो।
मृतकका छोराहरू काठमाडौँबाट गाउँतर्फ आइरहेको बताइएको छ। घटनास्थलमा प्रहरी पुगेको छैन, र थप विवरण आउन बाँकी छ।









