चरिकोट । जिल्ला सहकारी संघ दोलखाले नेपाल पत्रकार महासंघ दोलखा शाखा र जिल्ला प्रहरी कार्यालय दोलखालार्ई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सहकारी संघले नेपाल पत्रकार महासंघ दोलखालाई २ सय पिस मास्क ५ सेट पिपिइ सेटÞ, सेनिटाइजर, १ सय पिस र केही थान पन्जा हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखालाई ३ हजार ३ सय पिस मास्क, सेनिटाइजर र ४ सय थान पञ्जा लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले फ्रन्ट लाइनका खटिने सुरक्षाकर्मी र सन्चारकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए । आबश्यक परे सुरक्षाकर्मी र सन्चारकर्मीलाई थप सहयोग गर्न सहकारी संघ तयार रहेको अध्यक्ष चौलागाईंले बताए । सामाग्री बुझ्दै दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले सहकारी संघलाई धन्यवाद दिएका थिए । त्यस्तै नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिप शंकर चौलागाईंले सहकारीले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा संघलाई धन्यवाद दिदै खुसी व्यक्त गरेका थिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...