पत्रकार नयाँघरे र श्रेष्ठ फोनिज पत्रकारिता पुरस्कारबाट सम्मानित

२५ श्रावण २०८२, शनिबार

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो २६औं स्थापना दिवसको अवसरमा दुई वरिष्ठ पत्रकारलाई नगदसहित सम्मान गरेको छ। शनिबार मन्थलीमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति र खोज पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएका पत्रकारहरूलाई पुरस्कार प्रदान गरिएको हो।

नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष तथा पालिका आवाज साप्ताहिकका सम्पादक बद्रि नयाँघरे “खोज पत्रकारिता पुरस्कार” बाट सम्मानित भए। तीन दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रहेका नयाँघरेलाई नगद रकम र सम्मानपत्र प्रदान गरिएको थियो।

त्यस्तै, नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष तथा कोसिस न्युजका सम्पादक ज्ञानु श्रेष्ठलाई “नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार” प्रदान गरिएको छ। १५ वर्षदेखि जिल्लामा सक्रिय पत्रकारिता गर्दै आएका श्रेष्ठलाई पनि नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।

फोनिज रामेछापले ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ विगत सात वर्षदेखि र ‘खोज पत्रकारिता पुरस्कार’ चार वर्षदेखि निरन्तर वितरण गर्दै आएको छ। पुरस्कार वितरणको उद्देश्य पत्रकारहरूलाई प्रोत्साहन गर्नु र क्षेत्रगत योगदानको कदर गर्नु रहेको फोनिजले जनाएको छ।

सम्मान समारोहसँगै “पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो। कार्यक्रममा निर्वतमान अध्यक्ष नवराज श्रेष्ठ र सचिव सुमित्रा थोकरले कार्यपत्र प्रस्तुत गरेका थिए भने सहभागी पत्रकारहरूले पर्यटन विकासमा पत्रकारिताको योगदानबारे धारणा राखेका थिए।

फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठ, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, पूर्व अध्यक्षहरू हिमाल ढुगेल र बद्रि नयाँघरेलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै सम्मानित पत्रकारहरूको योगदानको प्रशंसा गरेका थिए।

सम्मानित पत्रकारहरूले आफूले पाएको पुरस्कारलाई जिम्मेवारीको रूपमा लिँदै आगामी दिनमा अझ सत्यनिष्ठ, निष्पक्ष र जनपक्षीय पत्रकारिता गर्ने प्रतिबद्धता जनाए।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा अर्थशास्त्रसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी

मन्थलीमा अर्थशास्त्रसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी

रामेछाप  ।  रामेछापको मन्थली माध्यमिक विद्यालयले देशको विद्यमान आर्थिक अवस्थाबारे विद्यार्थीलाई जानकारी गराउँदै अर्थतन्त्र सुधारमा योगदान पुर्‍याउने उद्देश्यले अर्थशास्त्रसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी गरेको छ । विद्यालय परिसरमा आयोजित प्रदर्शनीको संघीय...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...