काठमाडौं । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको नियमावली, २०७९ बमोजिम सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।
साथै, बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसबाहेक मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत गरिनेछ ।









