प्रशासकिय अधिकृत र स्वास्थ्य शाखाको सेटिङ्ग नमिल्दा टेण्डर रद्द

Written by meropradesh creator

५ असार २०७८, शनिबार

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल र स्वास्थ्य शाखाका कर्मचारीहरु विच सेटिङ्ग नमिल्दा स्वास्थ्य सामाग्री खरिदको लागि खोलिएको टेण्डर नै रद्द गरेका छन् ।
मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेल र स्वास्थ्य शाखाका कर्मचारी विच रकम कोलमको बिषयमा कुरा नमिल्दा टेण्डर रद्द गरेका हुन् । श्रोतका अनुसार पालिकाले खोलेको टेण्डरमा २२ वटा फर्म विक्री भएकोमा ८ वटाले मात्रै दर्ता गराएका थिए । कार्यालयमा ८ वटा फर्म दर्ता भएता पनि पालिकाका प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखाका कर्मचारीको मिलेमतोमा उक्त ठेक्का नै रद्द गरेको मेरीजमा मेडिकल सप्लार्यसका प्रोपाइटर नविन बुढाथोकीले जानकारी दिए ।
उनले भने– मन्थली नगरपालिका कर्मचारीहरुको मिलोमतोमा यसअघि पनि ३ वटा मात्रै फर्म दर्ता गराएर स्वास्थ्य सामाग्री खरिदमा लाखौ रकम घोटाला गरेका छन् । यसअघि औषधी उपकरण खरिद गर्ने जिम्मेवारी पाएका फर्मले ठेक्का सकिएको महिनौ वितिसक्दा पनि अहिलेसम्म औषधी मन्थली नगरपालिकामा बुझाएका छैनन् । आफ्नो मान्छेको फर्म परे स्वीकृत गर्ने र त्यहाँवाट कमिसन खान पल्केका कर्मचारीहरुले वाहिरका फर्म दर्ता भएपनि टेण्डर नै रद्द गर्नुपर्ने सम्मको गलत नियतले काम गरेको प्रोपाइटर बुढाथोकीले वताए ।
मन्थली नगरपालिकाले अत्यावश्यक निःशुल्क औषधि, सेनेटरी प्याड तथा स्वास्थ्य सामाग्री खरिद सम्वन्धी सिलवन्दी दरभाउपत्र आव्हानको सूचना जेठ २६ गते दैनिक पत्रिका सूचना प्रकाशन गरेको थियो । सोही सूचनाको आधारमा विभिन्न ८ वटा सप्लार्यस फार्मले टेण्डर मन्थली नगरपालिकामा दर्ता गराएका थिए । नगरपालिकामा दर्ता भएका ८ वटा फर्म खोल्दै नखोली पालिकाले टेण्डर रद्द गरेको हो ।
मन्थली नगरपालिकाका प्रमुख प्रसाकिय अधिकृत र स्वास्थ्य शाखाका कर्मचारीहरुको मिलोमतोमा चालु आर्थिक वर्ष २०७७÷०७८ मा टेण्डर प्रक्रिया नै नगरि करोडौ मूल्य वरावरका स्वास्थ्य सामाग्री कोटेसन विधिवाट खरिद गरेका छन् । प्रमुख र स्वास्थ्य शाखाका कर्मचारीले टेण्डर विना नै भक्तपुरमा रहेको मेरीगोल्ड इन्टरनेशनल सप्लार्यसलाई दिदै आएका छन् । कार्यालय प्रमुख र स्वास्थ्य शाखाका कर्मचारीले मेरीगोल्ड इन्टरनेशनल सप्लार्यसवाट लाखौ रुपैयाँ कमिसन लिदै आएको श्रोतको दावी छ ।
मन्थली नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल आएदेखी नै स्वास्थ्य सामाग्री खरिद, स्टेसनरी सामाग्री खरिद, विभिन्न योजनाहरुमा गिद्धे नजर लगाउँदै आएका छन् । मन्थली नगरपालिकामा लेखा, स्टोर र स्वास्थ्य शाखासँगको मिलेमतोमा चरम आर्थिक अनियमितता हुँदै आएको मन्थली नगरपालिकाकामा कार्यरत एक कर्मचारीले आफ्नो नाम नछाप्ने सर्तमा बताए ।
उनले भने– प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत र स्टोरको मिलोमतोमा नगरपालिकामा करोडौ रकम अनियमितता भएको छ । अहिलेको प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत पैसा नभई कुनै पनि काम गर्न मान्दैनन् । यसअघि यस्ता अधिकृत र लेखा अधिकृत मन्थली नगरपालिकामा नआएको पनि उनले दाबी गरे ।
यता मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलसँग सम्र्पक गर्दा उनले पालिकामा ८ वटा फर्म दर्ता भएकोमा एक व्यक्तिले दर्ता भएको फर्म वाहिर लगेर कागजात साटेने क्रममा डकुमेन्ट हराएको बताए । उनले भने– नगरपालिकाका कर्मचारीहरुले गोपनियता राख्न नसक्नु र आचरण विपरित काम गरेकाले टेण्डर रद्द गरी पुनः नयाँ टेण्डर निकालेको जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...