प्रमाणपत्र मात्रै होइन, तालिम सकिँदा सुनापतिका युवाको खल्तीमा लाइसेन्स!

२८ जेष्ठ २०८३, बिहीबार

सरकारी बजेट सिध्याउन र भित्तामा झुन्ड्याउने प्रमाणपत्र बाँड्न मात्रै तालिम गरिन्छ भन्ने आम बुझाइलाई रामेछापको सुनापति गाउँपालिकाले चिरेको छ। गाउँपालिकाले आयोजना गरेको युवा लक्षित हलुका सवारी चालक तालिमको परिणाम दुरुस्तै देखियो, जहाँ तालिम सकिदासम्म १५ जना युवाहरूले सवारी चालक अनुमतिपत्र लाइसेन्स नै हात पारिसकेका छन्। बाँकी सहभागीहरू पनि लाइसेन्स लिने अन्तिम प्रक्रियामा हुनुले यो तालिम औपचारिकतामा मात्र सीमित नभई पूर्ण रूपमा परिणाममुखी भएको पुष्टि गर्छ। गत वैशाख १५ देखि जेठ २५ गतेसम्म शिशिर वसन्त अटो ट्रेनिङ वर्कशपको सहजीकरणमा सञ्चालित यो कार्यक्रमले ग्रामीण युवालाई सोझै स्वरोजगारको सम्भावनासँग जोडिदिएको छ।

गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले युवाहरूलाई आत्मनिर्भर बनाउन पालिकाले सधैं यस्ता व्यावहारिक र रोजगारीमूलक कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो। उपाध्यक्ष गीता विष्टले दक्ष जनशक्ति उत्पादनमा तालिम निकै सफल रहेको बताउनु भयो ।

प्रशिक्षार्थीहरू भीष्मराज चौलागाईं, मनसरा मोक्तान र मनिषा मोक्तानले आफूहरूले व्यावसायिक रूपमै अघि बढ्ने आत्मविश्वास पाएको भन्दै गाउँपालिकाप्रति आभार व्यक्त गरे। १५ जनाको हातमा लाइसेन्स नै पुगिसकेको यो सुखद नतिजाबाट उत्साहित गाउँपालिकाले आगामी दिनमा पनि युवा वर्गको सीप विकास र आत्मनिर्भर समाज निर्माणका लागि थप व्यावसायिक तालिमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

तस्बिर ः सुनापति सेरोेफेरो

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...