प्रहरी हिरासतमा मार्नेसम्मको षड्यन्त्र भयो– अध्यक्ष खड्का

Written by meropradesh creator

१९ माघ २०७७, सोमबार

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले आफुलाई षड्यन्त्र पूर्बक झुट्टा मुद्धा लगाएर प्रहरी हिरासतमा राख्दा मार्नेसम्मको योजना बनाएता पनि आफु बच्न सफल भएको बताएका छन् ।
सो कुरा उनले आइतवार लिखु तामाकोशी गाउँपालिकाको अध्यक्ष पदमा पुनः पुर्नबहाली गर्दै आम लिखुतामाकोशी गाउँपालिकाका जनताका माझ बताएका हुन् । अध्यक्ष खड्काले भने– मलाई षड्यन्त्र पूर्वक एकैपटक सम्पत्ती सुद्धिकरण, शरीर बन्धक र जबर्जस्ती करणी गरि तीनवटा गम्भिर प्रकृतिका मुद्धा लगाएर प्रहरी हिरासतमा राख्दा मार्नेसम्मको योजना बनाए । मलाई कोरोना परिक्षण नै नगरी कोरोना लाग्यो भन्दै बाहिर हल्ला चलाएर भित्र मार्नेसम्म योजना बनाए पनि आफु बाँच्न सफल भएको बताए ।
उनले भने– पालिकाका केही साथीहरु र अन्य गाउँका केही व्यक्तिले मलाई फसाउने नियतले हालेको मुद्धालाई सम्मानित अदालतले न्याय दिएको छ । मलाई ज–जसले मुद्धा हाले उनीहरु सबै मेरा लागि धन्यबादको पात्र रहेको बताए । अदालतले दिएको न्यायले गर्दा आज आम लिखुतामाकोशी गाउँपालिकाका जनतासँग पुनः बाँकी रहेको बिकास निमार्णका कामहरु गर्न फर्किएको भन्दै अध्यक्ष खड्काले आफु बाचुन्जेलसम्म गाउँका जतालाई सेवा गरेर मर्ने प्रतिबद्धता समेत जनाए ।
धरौटीमा रिहाई भएर पुनः गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेका खड्काले चार महिना पुर्पक्षको लागि थुनामा बस्दा आफुले धेरै कुरा सिकेको भन्दै गाउँपालिकाको विकास र समृद्धिका लागि लागिपर्ने बताए । उनले भने– म अझै परिपक्व भएको रहेनछु, जेलमा वसेर परिपक्क भएर आएको छु । अब बाँकी समय निती र विधिमा रहेर नागरिकको सेवा गर्ने छु ।


लामो समयपछि गाउँपालिका फर्किएका खड्कालाई स्थानीय हजारौं जनताले बाजागाजा सहित भब्य स्वागत गरेका थिए । खड्काको स्वागतमा सहभागि भएका स्थानीयले छातीमा गाउँपालिका अध्यक्ष खड्काको फोटो झुण्ड्याएर गोबिन्द राजा जिन्दाबाद, प्राण भन्दा प्यारो छ जस्ता नारा लगाएका थिए । पालिका पुगेका खड्काको स्वागतमा निस्किएका स्थानीयले ब्यानर सहित नागरिकहरु एककिलोमिटर टाढासम्म लिन पुगेका थिए ।
गाउँपालिका अध्यक्ष खड्का सम्पत्ती सुद्धिकरणको अभियोगबाट १० लाख रुपैयाँ, पुरनावेदन उच्च अदालत ललितपुरबाट जबर्जस्ती करणीमा ५ लाख रुपैयाँ र शरीर बन्धकको अभियोगमा २ लाख गरि १७ लाख रुपैयाँ धरौटीमा पौष १९ गते रिहा भएका थिए । २०७४ सालको स्थानिय तहको निर्वाचनमा खड्का नेकपा एमालेबाट अत्याधिक मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
झुट्टो मुद्धा लगाएर पालिकाका अध्यक्षलाई फसाउन खोजे पनि सम्मानित अदालतले न्याय दिएर सत्यको जित भएको लिखुतामाकोशी गाउँपालिका वडा नं–२ सैपुको वडा अध्यक्ष पदम तामाङ्गले जानकारी दिए । उनले भने– जनताको काममा अहोरात्र खट्ने पालिका अध्यक्ष जस्तो नेतालाई विभिन्न लान्छना लगाएर फसाउन खोज्नु दुःखद हो ।


गाउँपालिकाको साझा अध्यक्षको रुपमा रहेका गोबिन्द खड्का लिखु तामाकोशी गाउँपालिकाको लागि शिलाजी हुन् । सबै हिन्दुधर्म मान्नेहरुले शिलाजीलाई पुजा गरे झैँ अध्यक्ष खड्कालाई जनताले पुज्ने गरेको साविकको नागदहका गाविस अध्यक्ष आशबहादुर तामाङले जानकारी दिए । उनले भने– यस गाउँपालिकामा जनताको लागि काम गर्ने खड्का जस्तो नेता न हिजो थिए न भोली हुने नै छन् । त्यसैले सबै मिलेर गाउँको विकास निमार्णमा एकजुट भएर जुट्नु पर्ने बताए ।
केही षडयन्त्र कारीहरुले अर्काको जिवन सक्ने गरि बिभिन्न तानामाना बुनेपनि ती तोरीलाउरेले लगाएको झुट्टा मुद्धा अन्ततः खारेज भएरै छाड्ने गेली शेर्पाले बताए । उनले भने– षड्यन्त्रकारी हाबामा उड्ने फोहोर जस्तै हुनः एकछिनमा उड्छन र हराएर जान्छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...