प्रगतिशील युवा समाजद्वारा स्वास्थ सामाग्री सहयोग

Written by meropradesh creator

२२ जेष्ठ २०७८, शनिबार

रामेछाप । प्रगतिशिल युवा समाज दोरम्बाले सुनापती गाउँपालिका–१ गुन्सी स्वास्थ्य चौकीलाई स्वस्थ्य सामाग्री शुक्रबार हस्तान्तरण गरेको छ । कोरोनाको दोश्रो भेरियन्ट आए सगैं गाउँ गाउँमा पनि महामारीको रुपमा फैलिएको भन्दै सो सामाग्री हस्ताण्तरण गरेको हो । दोरम्बाका विभिन्न स्थानमा आइसुलेसनहरु निर्माण गरि कोरोना नियन्त्रण र रोकथामका प्रयास भैरहेका छन् । यस्तै सुनापती गाउँपालिका वडा नं १ गुन्सी स्वस्थ चौकीमा पनि आइसुलेसन निर्माण गरिएको थियो । समाजले उक्त आइसोलेसनलाई अत्यावश्यक स्वास्थ्य सामाग्री समेत सहयोग गरेको छ ।
स्वस्थ्य चौकीलाई अक्सिजन सिलिण्डर ५ थान, पीपीई सेट १० थान, अक्सिमिटर २ थान, थर्मलगन १ थान, डिजिटल थर्मोमिटर ५ थान, ब्लड प्रेसर नाप्ने डिजिटल मेसिन २ थान, सेनिटाइजर १५ लिटर, फेस सिल्ड १० थान, एक हजार थान सर्जिकल मास्क र ग्लोब्स २०० पिस लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका सदस्य सुशिल चौलागाईँले जानकारी दिए ।
हस्तान्तरण गरेको स्वस्थ्य सामाग्रीहरु मध्य केही स्वास्थ्य समाग्री भने आविष्कार केन्द्रले प्रगतिशील युवा समाजलाई सहयोग गरेको हो । उक्त स्वास्थ्य सामाग्रीमध्ये ५ थान अक्सिजन सिलिन्डर, पीपीई सेट १० थान, फेस सिल्ड १० थान भने केन्द्रले सहयोग स्वरुप प्रदान गरेको पनि चौलागाईँले जानकारी दिएका छन ।
समाजले आफ्नो स्थापना कालदेखि नै संकटको बेला विभिन्न सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि निरंतरता दिने समाजले जनाएको छ । स्वस्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सुनापती गाउँपालिका अध्यक्ष धावा लामा, प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ, स्वास्थ्य प्रमुख अर्जुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...