पूर्वाधार, कृषि र रोजगारीमा प्राथमिकता दिँदै खाँडादेवीले सार्वजनिक ग¥यो ६५ करोडको बजेट

१० असार २०८२, मंगलवार

रामेछाप, असार ९। रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न गाउँसभाको १७औँ अधिवेशनमार्फत बजेट र नीति–कार्यक्रम सार्वजनिक गरिएको हो।

गाउँपालिकाको बजेट अधिवेशनमा उपाध्यक्ष रमा घिसिङले बजेट प्रस्तुत गर्नुभयो भने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो। प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार निर्माण, सामाजिक सेवा सुदृढीकरण, कृषि उत्पादनमा वृद्धि, शिक्षा र स्वास्थ्यमा लगानी, साथै स्थानीय स्तरमा रोजगारी सिर्जना जस्ता क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको उल्लेख छ।

गाउँपालिकाले भनेअनुसार, बजेट विनियोजन गर्दा ९ वटै वडाको आवश्यकता, उपलब्ध स्रोत र दीगो विकासको अवधारणालाई ध्यानमा राखिएको छ। योजनाहरू जनतामैत्री, परिणाममुखी र दिगो हुने गरी छनोट गरिएको जनाइएको छ।

पूर्वाधारको क्षेत्रमा सडक, खानेपानी, भवन निर्माण तथा नवीकरणलगायतका योजना अघि सारिनेछ। कृषि क्षेत्रमा स्थानीय उत्पादनमा आधारित अनुदान कार्यक्रम, तालिम, बीउ तथा प्रविधिको पहुँच विस्तार गरिने छ। स्वास्थ्य सेवामा आधारभूत सेवा सुधार, जनशक्ति व्यवस्थापन र सुविधासम्पन्न भवन निर्माणमा बजेट छुट्याइएको छ।

शिक्षा क्षेत्रमा विद्यालय स्तरोन्नति, शैक्षिक सामाग्री वितरण, छात्रवृत्ति तथा शैक्षिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ। साथै, स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सीप विकास तालिम तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष घिसिङले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखी सबै कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। अध्यक्ष श्रेष्ठले नीति तथा कार्यक्रममा समेटिएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षको सहकार्य आवश्यक भएको धारणा राख्नुभयो।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुँदैछ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । महायज्ञ अवधिभर जगद्गुरु,...

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

मन्थली । मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयले कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको छ । विशेषतः विज्ञान संकायमा भर्नाका लागि विद्यालयले विशेष तयारी थालेको हो । विद्यालयका प्रधानाध्यापक डा. टंक प्रसाद दहालका अनुसार विज्ञान शिक्षा क्षेत्रमा विद्यालयले...

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ। विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य...