पूर्व मन्त्री यादव पक्राउ

Written by meropradesh creator

१ श्रावण २०८०, सोमबार

बुटवल ः लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव आइतबार बैङ्किङ कसुरमा पक्राउ परेका छन्।
पूर्व मन्त्री यादव १२ लाख २८ हजार रुपैयाँको बैङ्क अफ काठमाडौँको चेक बाउन्स भएपछि पक्राउ परेको हो ।
गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशङ्कर यादवका नाममा दिएको चेकमा पैसा नभएको भन्दै चेक बाउन्स भएपछि उनी पक्राउ परेका हुन् ।
मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बाँकेको डुडुवा गाउँपालिका होलीयाबाट आइतबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित  यादव गत वर्षको साउन ३१ मा  नेकपा एमाले प्रवेश गरेका थिए ।
लुम्बिनी प्रदेश सभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका थिए। पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो । पार्टी कारबाहीमा परेपछि प्रदेशसभा सदस्य पद खोसिएका उनी एमाले नेता शङ्कर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको कार्यालय भवन बनाउन ६ रोपनी जग्गा दान गर्न आव्हान गरिएको छ । धोबी बजारमा लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको पालिकाले आफ्नै भवन निर्माण गर्ने योजनाको साथ जग्गा उपलब्ध गराउन पालिकावासीलाई आग्रह गरेको हो ‌। गौरवको आयोजना...

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछाप । सामुदायिक विकास समाज (सिडीएस) रामेछापले आइतबार नागरिक अगुवा, संघ–संस्थाका प्रतिनिधि र सरोकारवालासँग समन्वय गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै सो अवसरमा शनिबार निजी क्षेत्रका रोजगार प्रदायक संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्नुका साथै...

अब नयाँ भवनमा आँखा केन्द्र

अब नयाँ भवनमा आँखा केन्द्र

मन्थली - रामेछापको सदरमुकाम मन्थलीमा रहेको तिलगंगा सामुदायिक आँखा केन्द्रको अप्रेसन थिएटर सहितको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।‌ १० बर्षदेखि अस्थायी भवनबाट सेवा दिँदै आइरहेको केन्द्रको करिब डेढ करोड रुपैयाँमा साँढे दुई तल्ले भवन निर्माण सम्पन्न भएको हो । भिजन...