रामेछाप । केही दिनदेखी लगातार रुपमा परेको अविरल वर्षाको कारण मन्थली नगरपालिका वडा नं १३ फुलासी चन्दनेटोलमा एक घर पहिरोले पुरिएको छ भने १४ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
पहिरोका कारण स्थानिय गोपाल भुजेलको घर पुरिएको छ भने अन्य १४ वटा घरहरु जोखिमा रहेको छ । स्थानिय सरकार गाउँमा आएपछि विकास निमार्णको क्रममा गाउँटोलमा सडक विस्तार गर्ने क्रममा खनिएको सडककै कारण उक्त वस्तीमा पहिरो गएको हो । पहिरोले गोपालको घर भत्किदा घरमा रहेको अन्नपात, लत्ता कपडा र भुई तलामा बाधिएका ८ वटा पशु चौपायाको समेत क्षती हुँदा करिव ६लाख बरावरको धनमाल नष्ट हुन पुगेको छ ।
पहिला गाउँमा यसरी कहिल्यै पहिरो जादैन्थ्यो । अहिले गाउँमा स्थानिय सरकार आएपछि जताततै सडक निमार्ण गर्ने र टोलटोलमा सडक खन्ने काम गरेकाले सडक पहिरिदा आफ्नो घर गुमाउनु परेको पिडीत गोपाल भुजेलले जानकारी दिए । उनले भने– सडक खन्न नदिउँ विकास बिरोधी भइस भन्छन् । सडक खन्न दिदाआफ्नो यो गति भयो भुजेलले दुःखेसो पोखे ।
फुलासीको चन्दनेटोलको बस्ती हुँदै मन्थली नगरपालिका वडा नं १२ गेलुतर्फ लैजाने गरि खनिएको कच्ची सडकले उक्त क्षेत्रमा पहिरो गएको हो । पहिरोवाटअहिले ४ घर परिवार विस्थापीत हुनपुगेका छन् । पहिरो सँगै आएको लेदो पानी घरभित्र पसेपछि उनीहरुले आफ्नो घर छाडेर छिमेकीको घरमा शरण लिन जानु परेको स्थानिय उर्मिला घर्तीले जानकारी दिइन ।
उनले भनिन्– मेरो जमीनवाट सडक खन्न दिन्न भन्दा वडा अध्यक्ष मानेन् । गाउँको विच भागवाट सडक लैजानु पर्छ भने । अहिले वर्षा लाग्नासाथ जमिन चिराचिरा भएर पहिरो जान थाल्यो । घरको भुई तलामा पानीको आहाल जमेको छ । घर पछाडी आएको पहिरोले घर थिचेको छ । घरमा बस्ने अवस्था नभएकाले छिमेकीको घरमा बाँस मागेर वस्नु परेको उनले बताइन ।
पुस्तौदेखी वस्दै आएका भुजेल बस्तीमा यसअघिका धेरै वर्षा त्यहीँ गाउँमा बसेर कटाएका उनीहरुलाई यसवर्षको वर्षातले उठिबास नै लगायो । यस गाउँमा पुस्तौदेखी यहीँ वस्दै आएका छौं । कहिल्यै पहिरोको जोखिम भएन । अहिले विकासको नाममा जताततै वाटो खनेकै कारण घरमुनी र घर माथी दुवै तर्फवाट सडक पहिरिदा घरनै जोखिममा परेको अर्का पिडीत गुमानसिंह घर्तीले जानकारी दिए ।
उनले भने–अहिले पहिरो जानु मुख्य कारण सडक नै हो । यस भन्दा पहिला यहाँ सडक थिएन । सडक नहुँदा हामीलाई पहिरोको कहिल्यै जोखिम पनि थिएन । अहिले सडक खनेपछि जताततै पहिरो गएको छ । वर्षाको समयमा रातभर जाँगै बस्नु पर्ने अवस्था सिर्जना भएको भुजेल बताउँछन् ।
पहिरो गएर विस्थापित भएका परिवारले तत्काल पहिरो नियन्त्रण गरिदिन स्थानिय सरकारसँग माग गरेका छन् । पहिरो गएसँगै चन्दनेटोलका भुजेल परिवारले वडा कार्यालय, मन्थली नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत बुझाएका छन् । उनीहरुले पहिरो नियन्त्रणका लागिआवश्यक कदम नचाले पटकपटक स्थानिय सरकारको ढोका ढकढकाउने पिडीत परिवारले बताएका छन् ।