पहिरोले फुलासी चन्दनेटोलका १५ घर परिवार उच्च जोखिममा

Written by meropradesh creator

१६ भाद्र २०७८, बुधबार

रामेछाप । केही दिनदेखी लगातार रुपमा परेको अविरल वर्षाको कारण मन्थली नगरपालिका वडा नं १३ फुलासी चन्दनेटोलमा एक घर पहिरोले पुरिएको छ भने १४ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

पहिरोका कारण स्थानिय गोपाल भुजेलको घर पुरिएको छ भने अन्य १४ वटा घरहरु जोखिमा रहेको छ । स्थानिय सरकार गाउँमा आएपछि विकास निमार्णको क्रममा गाउँटोलमा सडक विस्तार गर्ने क्रममा खनिएको सडककै कारण उक्त वस्तीमा पहिरो गएको हो । पहिरोले गोपालको घर भत्किदा घरमा रहेको अन्नपात, लत्ता कपडा र भुई तलामा बाधिएका ८ वटा पशु चौपायाको समेत क्षती हुँदा करिव ६लाख बरावरको धनमाल नष्ट हुन पुगेको छ ।


पहिला गाउँमा यसरी कहिल्यै पहिरो जादैन्थ्यो । अहिले गाउँमा स्थानिय सरकार आएपछि जताततै सडक निमार्ण गर्ने र टोलटोलमा सडक खन्ने काम गरेकाले सडक पहिरिदा आफ्नो घर गुमाउनु परेको पिडीत गोपाल भुजेलले जानकारी दिए । उनले भने– सडक खन्न नदिउँ विकास बिरोधी भइस भन्छन् । सडक खन्न दिदाआफ्नो यो गति भयो भुजेलले दुःखेसो पोखे ।

फुलासीको चन्दनेटोलको बस्ती हुँदै मन्थली नगरपालिका वडा नं १२ गेलुतर्फ लैजाने गरि खनिएको कच्ची सडकले उक्त क्षेत्रमा पहिरो गएको  हो । पहिरोवाटअहिले ४ घर परिवार विस्थापीत हुनपुगेका छन् । पहिरो सँगै आएको लेदो पानी घरभित्र पसेपछि उनीहरुले आफ्नो घर छाडेर छिमेकीको घरमा शरण लिन जानु परेको स्थानिय उर्मिला घर्तीले जानकारी दिइन ।

उनले भनिन्– मेरो जमीनवाट सडक खन्न दिन्न भन्दा वडा अध्यक्ष मानेन् । गाउँको विच भागवाट सडक लैजानु पर्छ भने । अहिले वर्षा लाग्नासाथ जमिन चिराचिरा भएर पहिरो जान थाल्यो । घरको भुई तलामा पानीको आहाल जमेको छ । घर पछाडी आएको पहिरोले घर थिचेको छ । घरमा बस्ने अवस्था नभएकाले छिमेकीको घरमा बाँस मागेर वस्नु परेको उनले बताइन ।


पुस्तौदेखी वस्दै आएका भुजेल बस्तीमा यसअघिका धेरै वर्षा त्यहीँ गाउँमा बसेर कटाएका उनीहरुलाई यसवर्षको वर्षातले उठिबास नै लगायो । यस गाउँमा पुस्तौदेखी यहीँ वस्दै आएका छौं । कहिल्यै पहिरोको जोखिम भएन । अहिले विकासको नाममा जताततै वाटो खनेकै कारण घरमुनी र घर माथी दुवै तर्फवाट सडक पहिरिदा घरनै जोखिममा परेको अर्का पिडीत गुमानसिंह घर्तीले जानकारी दिए ।

उनले भने–अहिले पहिरो जानु मुख्य कारण सडक नै हो । यस भन्दा पहिला यहाँ सडक थिएन । सडक नहुँदा हामीलाई पहिरोको कहिल्यै जोखिम पनि थिएन । अहिले सडक खनेपछि जताततै पहिरो गएको छ । वर्षाको समयमा रातभर जाँगै बस्नु पर्ने अवस्था सिर्जना भएको भुजेल बताउँछन् ।


पहिरो गएर विस्थापित भएका परिवारले तत्काल पहिरो नियन्त्रण गरिदिन स्थानिय सरकारसँग माग गरेका छन् । पहिरो गएसँगै चन्दनेटोलका भुजेल परिवारले वडा कार्यालय, मन्थली नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत बुझाएका छन् । उनीहरुले पहिरो नियन्त्रणका लागिआवश्यक कदम नचाले पटकपटक स्थानिय सरकारको ढोका ढकढकाउने पिडीत परिवारले बताएका   छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...