पहिरोले खानेपानीका दुई मुहानमा क्षती

Written by meropradesh creator

१८ भाद्र २०७८, शुक्रबार

रामेछाप । केही दिनदेखी लगातार रुपमा आएको वर्षाले खानेपानीको मुहानमा पहिरो गई क्षती पुर्याउँदा सदरमुकाम मन्थलीमा खानेपानीको समस्या हुँदै आएको छ ।

वर्षादका कारण आएको बाडीले मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको लामपाटे र कमेरे खोलामा रहेको खानेपानी ट्याङ्कीमा क्षति पुर्याएको छ । त्यस्तै वर्षादका कारण ठाउँठाउँमा पहिरो जाँदा सदरमुकाम मन्थली तर्फ ल्याइएको मेन लाइन पाइप बगाएको छ । त्यसैगरी मन्थली नगरपालिका वडा नं ५ सुनारपानीको मचवारी खोला मुहानमा बनाइएको ट्याङ्की र पाइपलाइनमा पनि क्षती पुगेको मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ब्यवस्थापक जगदीश सुबेदीले जानकारी दिए ।

उनले भने– लगातारको वर्षादको कारण खानेपानीका धेरै मुहानमा क्षती पुगेको छ । ठाउँठाउँमा पहिरो गएको छ । खोलाले मेन लाइनको पोलिथिन पाइप बगाएको र धेरै ठाउँमा बगाएको पाइप खोज्न र मर्मतसम्भार गर्न समय लाग्ने भएकाले केही समय पानी बितरण गर्न समस्या भएको छ । भलुवाजोरमा रहेका दुईवटा मुहान मर्मत पछि पानी नियमित आउन थालेको भएता पनि सुनारपानी तर्फको पाइप लाइन मर्मत सम्भार अझै हुन सकेको छैन् ।


सुनारपानीको मचवारी मुहान गरि मन्थली ल्याइएको पानीको मुहानमा पहिरोले धेरै क्षती पुर्याएकाले अहिले मर्मतको काम भइरहेको छ । मचवारी मुहान हुँदै ल्याएको पानीको पाइप धेरै ठाउँमा बगाएको र केही ठाउँमा पोलिथिन पाइप फुटेकाले मर्मतको काम अघि वढाइएको हो । त्यस क्षेत्रको काम सकिनासाथ पानी नियमित हुने खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव ढाकल थापाले जानकारी दिए ।

उनले भने– यस वर्षको वर्षादका कारण मन्थली खानेपानी उपभोक्ता समितिले धेरै ठूलो क्षती व्यहोर्नु पर्यो । धेरै ठाउँमा खानेपानी लाइन बगाएको छ । ठाउँठाउँमा पानी जम्मा गर्ने रिजर्भ ट््याङकी बगाएको छ भने केही पुरेको छ । जसले गर्दा सबै मर्मत सम्भार गर्न समय लाग्ने भएकाले उपभोक्ताहरुलाई नियमित र तोकिएको समयमा पानी बितरण गर्न समस्या भएको छ । केही दिन भित्रै पहिलाकै तालिका अनुसार उपभोक्तालाई पानी बितरण गर्ने बताए ।


सदरमुकाम मन्थलीमा हाल सुनारपानीको मचवारी, भलुवाजोरको लामपाटे र कमेरेखोला मुहानको पानी साथै तामाकोशी नदी किनारमा निमार्ण गरिएको इनारवाट विद्युतीय माध्यवाट तानेर उपभोक्ताहरुलाई बितरण गरिदै आएको छ । मन्थली खानेपानी उपभोक्ता समिति मार्फत खानेपानी उपभोग गर्दै आएका ९ सय ४२ जना सदस्यहरु रहेका छन् ।


जसमध्ये व्यक्तिगत धारा जडान गर्ने संख्या ८ सय ९२ जना रहेका छन् भने सरकारी कार्यालयमा धारा जडान भएको संख्या ३५ वटा रहेको छ । यसवाहेक सदरमुकाम मन्थलीमा रहेका विभिन्न संघ÷संस्थाहरुमा धारा जडान भएको संख्या १४ वटा रहेको छ भने अत्तिरिक्त सार्वजनिक धारा १ वटा रहेको मन्थली खानेपानी उपभोक्ता समिति रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...