फास्ट फुड एसोसिएसन नेपाल र मनमोहन मेमोरियल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

३२ श्रावण २०८२, शनिबार

काठमाडौँ । “नियमित स्वास्थ्य परीक्षण गरौँ, सम्भावित स्वास्थ्य जोखिमबाट बचौँ” भन्ने नाराका साथ श्रावण २७ देखि ३० गतेसम्म मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूमा आयोजित बृहत स्वास्थ्य परीक्षण कार्यक्रम–२०८२ सम्पन्न भएको छ।

चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा फास्ट फुड व्यवसायमा संलग्न २८१ जना व्यवसायीहरूको Whole Body Check-up गरिएको थियो। कार्यक्रममा फास्ट फुड एसोसिएसन नेपालका अध्यक्ष होमराज श्रेष्ठको अध्यक्षता तथा स्वास्थ्य विभाग प्रमुख एवं कार्यक्रम संयोजक कुमार भण्डारीको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थापक, पूर्व अध्यक्ष, सल्लाहकार, कार्यसमिति सदस्य, काठमाडौं, ललितपुर र भक्तपुरका व्यवसायी तथा श्रमिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्वास्थ्य सेवाबाट व्यवसायीहरू प्रत्यक्ष लाभान्वित भएको जानकारी दिँदै महासचिव राकेश श्रेष्ठले अस्पतालप्रति आभार व्यक्त गर्नुभयो।

यसै अवसरमा फास्ट फुड एसोसिएसन नेपाल र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी विशेष सम्झौता पनि सम्पन्न भएको छ। सम्झौताअनुसार एसोसिएसनसँग आवद्ध व्यवसायी, रेस्टुरेन्ट सञ्चालक, शेयर सदस्य, परिवारका सदस्य, श्रमिक तथा Fast Fan Nepal बाट सिफारिस प्राप्त व्यक्तिहरूले अस्पतालमा उपलब्ध हुने नियमित स्वास्थ्य परीक्षण, ल्याब, एक्स–रे, ईसीजी, ईकोदेखि आईसीयू, भेन्टिलेटर र अपरेसन सेवासम्ममा विशेष छुट पाउने व्यवस्था गरिएको छ।

सम्झौतामा फास्ट फुड एसोसिएसन नेपालका अध्यक्ष होमराज श्रेष्ठ, उपाध्यक्ष रामकाजी भण्डारी, महासचिव राकेश श्रेष्ठ, सचिव एवं स्वास्थ्य विभाग प्रमुख कुमार भण्डारी र अस्पतालका कार्यकारी अध्यक्ष डा. एन. शर्मा, कार्यकारी निर्देशक डा. मुझ श्रेष्ठ तथा मेडिकल डाइरेक्टर डा. निराजन सुवेदीले हस्ताक्षर गर्नुभएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अतिक्रमित भूमि खाली गराउन निर्देशन दिएको छ। प्रशासनले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकालाई पत्राचार गर्दै सार्वजनिक सम्पत्तिको...

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

 रामेछाप । बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा अहिले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।  काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय...

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

काठमाडौंका सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्याका घटनालाई लिएर 'जेनजी मुभमेन्ट नेपाल' ले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिनको माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ। बल्खु र थापाथली बस्तीमा भएका ती आत्महत्याका घटना सरकारको...