पाटेबाघको आक्रमण बाट एक महिला बेपत्ता

Written by meropradesh creator

१८ पुष २०७७, शनिबार

बर्दिया ( पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभार नजिक मोटरसाइकलमा सबार महिलालाई पाटेबाघले झम्टेर बेपत्ता पारेको छ ।बेपत्ता हुनेमा कैलाली लम्किचुहा नगरपालिका ४ नन्दकला थापालाई रहेको निकुञ्जले जनाएको छ ।
नेपालगन्ज बाट कैलालि जादै गरेको आमाछोरा सवार मोटरसाइकलको पछाडी बसेको थापालाइ शुक्रबार राति करिब साढे ८ बजे बाघले आक्रमण गरेर लगेको बताइएको छ । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ भने महिलाको शव अझैं फेला परेको छैन ।
बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।
आजदेखि बेलुका निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिने संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फागुन २१ को निर्वाचनमा कांग्रेस जित सुनिश्चिततर्फ : उपसभापति

फागुन २१ को निर्वाचनमा कांग्रेस जित सुनिश्चिततर्फ : उपसभापति

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको जित सुनिश्चिततर्फ अघि बढेको दाबी गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै उनले...

देशमा सुनिने र बोलिने सांसद बन्ने प्रवलको प्रतिबद्धता

देशमा सुनिने र बोलिने सांसद बन्ने प्रवलको प्रतिबद्धता

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार प्रवल थापाले देशमा सुनिने र बोलिने सांसद बन्ने प्रतिबद्धता जनाएका छन् ।आफ्नो निर्वाचन क्षत्रका मतदाताहरूसँगको संवादमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । आफूलाई...

एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ – उपसभापति शर्मा

एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ – उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति नजविश्वास बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल...