पार्टी सभापती बर्खास्तको माग गर्दै रामेछाप कांग्रेस केन्द्रिय कार्यालयमा

Written by meropradesh creator

११ श्रावण २०७९, बुधबार

रामेछाप । पार्टी सभापती पुर्ण बहादुर तामाङ( कान्छाराम)ले पार्टिको निति तथा बिधिलाई नमानेको भन्दै सभापतीबाट बर्खास्त गर्न माग राख्दै रामेछापका कांग्रेस नेता तथा कार्यकर्ता केन्द्रिय कार्यालय पुगेका छन् । पार्टी सभापती तामाङलाई सभापती पद बाट बर्खास्त गर्न माग राख्दै केन्द्रिय कार्यालय काठमाण्डौं पुगेका छन् । पार्टि सभापती तामाङ एकलौटी ढंगबाट चलेको र पार्टिका नेता तथा कार्यकर्ताको व्यवास्था गर्दै अलोकतान्त्रिक र अराजनीतीक ढंगले चलेको कार्वापत्रमा उल्लेख छ ।

रामेछाका अधिकांश नेताहरुले १९ वटा सभापतीको कम्जोरी सहित आज केन्द्रिय कार्यालय पुगेका छन् । १४ औं अधिबेशनबाट सभापती भए संगै सभापती तामाङले म सभापती हुँ म जे बोल्छु त्यो पार्टिको बिधान हो भन्दै सम्पुर्ण पार्टिको संरचना ध्वस्त बनाएको कांग्रेस नेताहरुले आरोप समेत लगाएका छन् ।

बिरोध पत्रमा सभापतीको कार्यशैली अलोकतान्त्रिक, अराजजनीतीक, अराजक, सम्प्रदायिक भाव बाट ओतप्रोत भएका कारण गएको स्थानिय तहको निर्वाचनमा पार्टिलाई अपुरणीय क्षती भएको उल्लेख गरेको छ । केन्द्रिय समितीमा बुझाएको पत्रका स्थानिय तहको निर्वाचनमा सभापतीको कारण गठबन्धन जिल्लामा हुन नसक्दा र गठबन्धन दलका नेता तथा कार्यकर्तालाई अराजनितिक ब्यवाहर गर्दा जिल्लामा पार्टीले ठुलो क्षती ब्यहोर्न परेको उल्लेख छ ।

जिल्लाका पुर्व जिल्ला सभापतीहरु, पदाधिकारी, महासमिती सदस्यहरु, महाधिबेसन प्रतिनीधीहरु, जिल्ला कार्यसमिती ,प्रदेश सभापतीहरु,पार्टिका भातृ संस्थाका प्रमुखहरु गरी ३५ जनाले आज केन्द्रिय कार्यलयमा सभापती तामाङलाई सभापती पदबाट बर्खास्त गर्न माग गर्दै पत्र बुझाएको छ । यस अघि २५ जना जिल्ला कार्यसमिती सदस्यहरुले पनी सभापती तामाङको बिरुद्धमा ज्ञापन पत्र बुझाई सकेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...