पार्टी सभापती बर्खास्तको माग गर्दै रामेछाप कांग्रेस केन्द्रिय कार्यालयमा

Written by meropradesh creator

११ श्रावण २०७९, बुधबार

रामेछाप । पार्टी सभापती पुर्ण बहादुर तामाङ( कान्छाराम)ले पार्टिको निति तथा बिधिलाई नमानेको भन्दै सभापतीबाट बर्खास्त गर्न माग राख्दै रामेछापका कांग्रेस नेता तथा कार्यकर्ता केन्द्रिय कार्यालय पुगेका छन् । पार्टी सभापती तामाङलाई सभापती पद बाट बर्खास्त गर्न माग राख्दै केन्द्रिय कार्यालय काठमाण्डौं पुगेका छन् । पार्टि सभापती तामाङ एकलौटी ढंगबाट चलेको र पार्टिका नेता तथा कार्यकर्ताको व्यवास्था गर्दै अलोकतान्त्रिक र अराजनीतीक ढंगले चलेको कार्वापत्रमा उल्लेख छ ।

रामेछाका अधिकांश नेताहरुले १९ वटा सभापतीको कम्जोरी सहित आज केन्द्रिय कार्यालय पुगेका छन् । १४ औं अधिबेशनबाट सभापती भए संगै सभापती तामाङले म सभापती हुँ म जे बोल्छु त्यो पार्टिको बिधान हो भन्दै सम्पुर्ण पार्टिको संरचना ध्वस्त बनाएको कांग्रेस नेताहरुले आरोप समेत लगाएका छन् ।

बिरोध पत्रमा सभापतीको कार्यशैली अलोकतान्त्रिक, अराजजनीतीक, अराजक, सम्प्रदायिक भाव बाट ओतप्रोत भएका कारण गएको स्थानिय तहको निर्वाचनमा पार्टिलाई अपुरणीय क्षती भएको उल्लेख गरेको छ । केन्द्रिय समितीमा बुझाएको पत्रका स्थानिय तहको निर्वाचनमा सभापतीको कारण गठबन्धन जिल्लामा हुन नसक्दा र गठबन्धन दलका नेता तथा कार्यकर्तालाई अराजनितिक ब्यवाहर गर्दा जिल्लामा पार्टीले ठुलो क्षती ब्यहोर्न परेको उल्लेख छ ।

जिल्लाका पुर्व जिल्ला सभापतीहरु, पदाधिकारी, महासमिती सदस्यहरु, महाधिबेसन प्रतिनीधीहरु, जिल्ला कार्यसमिती ,प्रदेश सभापतीहरु,पार्टिका भातृ संस्थाका प्रमुखहरु गरी ३५ जनाले आज केन्द्रिय कार्यलयमा सभापती तामाङलाई सभापती पदबाट बर्खास्त गर्न माग गर्दै पत्र बुझाएको छ । यस अघि २५ जना जिल्ला कार्यसमिती सदस्यहरुले पनी सभापती तामाङको बिरुद्धमा ज्ञापन पत्र बुझाई सकेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...