ओलीले महन्थलाइ प्रधाानमन्त्री बनाउने योजना

Written by meropradesh creator

७ जेष्ठ २०७८, शुक्रबार

काठमाण्डौं । प्रधानमन्त्रीले विश्वासको मत लिने आधार नभएको बताउँदै राजीनामासमेत नदिइ नयाँ सरकार गठनको आग्रह राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएपछि ओलीले के गर्न लागेका हुन् भन्ने देशमा अन्योलता देखिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिका क्रियामा विपक्षी दल प्रतिक्रियामा सीमित हुँदा ओलीले एकपछि अर्को कदम चालिरहेका छन् । ओलीको योजनालाई संविधान कानुनको बेवास्ता गर्दै राष्ट्रपतिले धमाधम साथ दिइरहेकी छन् ।
ओलीले ७६(५) बमोजिमको प्रक्रियामा सहजीकरणको बाटो लिएपछि धेरैले शुक्रबार नयाँ प्रधानमन्त्रीमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरको नाम अघि बढ्न सक्ने आकलन गरेका छन् । ओलीले यसअघि चलेका हरेक कदममा ठाकुर समूहले सहयोगसमेत गर्दै आएको छ ।
उपधारा ५ बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन पत्राचार गरेकै दिन बिहीबार साँझ ओलीले पुनः ठाकुर र जसपाका नेता राजेन्द्र महतोसँग बालुवाटारमा भेटसमेत गरेका छन् । यसअघि ठाकुर समूहले ओलीविरुद्ध विश्वासको मत विभाजनका क्रममा तटस्थ बसेको थियो । विश्वासको मतबारे जसपाभित्र आन्तरिक किचलो रहेको अवस्थामा ठाकुर समूहले ओलीले चाहेकै विकल्प रोजिदिएको थियो । राजनीतिक स्रोतहरुका अनुसार उपधारा ५ बमोजिमको विकल्पमा ओलीले ठाकुरलाई साथ दिने सम्भावना पनि उत्तिकै छ । जसपा निकट स्रोतका अनुसार चुनावी सरकारको नेतृत्व ठाकुरले पाउने सम्भावना छ । तर, प्रतिनिधि सभामा विश्वासको मत पाउने अवस्था न्यून छ । यसअघि ठाकुर समूहसँग रुष्ट रहेका उपेन्द्र यादव यसबारे मौन छन् । अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले भने उपधारा ५ भित्रै रहेर विकल्प खोज्नुपर्ने राय पटक पटक पेस गरिरहेका छन् । ओलीको रहस्यमय कदम, यादवको मौनता र बाबुरामको यू–टर्नलाई कतिपयले दक्षिणी छिमेकीसँगको चाहना भनेर व्याख्या समेत गरेका छन् ।
‘भारत त नेपालको राजनीति विवादको निरुपण चुनाव नै देखिरहेको छ । प्रतिनिधिसभा विघटनमा पनि मौन समर्थन थियो । महन्थजीले यसअघि अन्तिम समयमा भारतकै कुरा सुनेर विश्वासको मतमा तटस्थ बस्नुभएकै हो । सम्भवतः रणनीति अनुसार नै काम भएमा चुनाव सरकारको नेतृत्व ठाकुरजीकै पोल्टामा जान पनि सक्छ । जसपाका शीर्ष नेताहरुको पछिल्लो गतिविधिले पनि संकेत गर्छ । असम्भव छैन तर विश्वासको मत त फेरि पनि पाउने सम्भवना छैन । जता लागे पनि स्थिति त चुनावै हो’, जसपा निकट स्रोतको दाबी छ ।
उपधारा ५ अनुसारको अहिलेको प्रक्रिया अघि बढेर अन्य कोहीले पनि प्रधानमन्त्रीमा दाबी गर्न सक्छन ्। तर, विश्वासको मत पाउन सक्ने आधार प्रस्तुत हुनुपर्छ । त्यस्तो आधार राष्ट्रपतिले नदेखेमा शुक्रबार साँझ नै प्रतिनिधिसभा विघटन पुनः हुनसक्ने अवस्था पनि आकलन गर्न थालिएको छ । यदि त्यसो भएमा ओलीले नै दोस्रो पटक प्रतिनिधिसभा विघटन सिफारिस गर्न अवस्था बन्नेछ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...