ओखलढुङ्गा र रामेछापमा देशकै उच्च औसत आयु, तर जनसंख्या घट्दै

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ ले हिमाली र मध्यपहाडी भेगका नागरिकको औसत आयु अन्य भेगभन्दा उच्च रहेको तथ्य सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार, ओखलढुङ्गाको औसत आयु ७५.३ वर्ष पुगेको छ भने रामेछाप ७५.२ वर्षसहित दोस्रो स्थानमा परेको छ ।

विज्ञहरूका अनुसार, यी जिल्लामा उच्च आयुको प्रमुख कारण प्राकृतिक वातावरण, स्वस्थकर खानपान, परम्परागत जीवनशैली र बलियो सामाजिक संरचना हुन् । तथ्याङ्क बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको हो । उक्त कार्यक्रम तथ्याङ्क समन्वय कार्यालय काभ्रे र राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली, काठमाडौँले संयुक्त रूपमा आयोजना गरेका थिए ।

प्रतिवेदनले तराईका जिल्ला र शहरी क्षेत्रमा बसोबास गर्ने नागरिकको औसत आयु तुलनात्मक रूपमा कम रहेको उल्लेख गरेको छ । स्वास्थ्य पूर्वाधारको कमी, जीवनशैली, खाद्य बानी र वातावरणीय कारक यसका कारणका रूपमा पहिचान गरिएका छन् ।

यता रामेछाप जिल्लामा आन्तरिक बसाइसराइ र वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या उच्च रहेको तथ्याङ्कले देखाएको छ । हाल जिल्लाको जनसङ्ख्या १ लाख ७० हजार ३ सय २ रहेको भए पनि घट्दो क्रममा रहेको र सन् २०५१ सम्ममा १ लाखमा सीमित हुने अनुमान गरिएको छ । जन्मदर घट्नु, ढिलो विवाह, वैदेशिक रोजगारी र बसाइसराई प्रमुख कारणका रूपमा देखिएका छन् । जिल्लामा मात्र आन्तरिक बसाइसराई दर २९ प्रतिशत पुगेको उल्लेख छ ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले जनगणनाबाट प्राप्त तथ्याङ्कलाई स्थानीय नीति निर्माण, विकास योजना र स्वास्थ्य पूर्वाधार विस्तारमा मार्गदर्शकका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, कर्मचारी र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...