न्यौपाने द्वारा घोषणा पत्र सार्वजनीक

Written by meropradesh creator

१५ आश्विन २०७८, शुक्रबार

रामेछाप । नेपाली कांग्रेसका सभापतीका उमेरद्वार लबश्री न्यौपानेले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । न्यौपाने १३ औं महाधिबेसन बाट सभापती पदमा निर्वाचित भएका थिए । सभापतीमा निर्वाचीत भएर आफुले शुरु गरेको बिभिन्न कामहरु अधुरो रहेको भन्दै ति कामहरु सम्पन्न गर्नकै लागी भएपनी आफु फेरी सभापती पदमा आफुले उमेरद्वारी दिएको बताए ।

न्यौपाने द्वारा घोषणा गरेको घोषणा पत्र

आदरणिय रामेछाप जिल्लाबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु नेपाली काँग्रेसको १४ महाअधिवेशन संघारमा छ । वडा र गाउँ नगर अधिधिवेशन सम्प्पन भईसकेको छ भने क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रिय महाधिवेसन हुन बाकी नै छ । यतिबेला हामी सबै नेपाली कांग्रेस पार्टीको जीवनलाई गतिशीलता प्रदान गर्न कुशल र सक्षम नेतृत्व चयनको महाअभियानमा छौं । हामीले चुन्ने अबको नेतृत्वले आगमी ५ वर्ष नेपाली काँग्रेस पार्टीलाई नयाँ जीवन प्रदान गर्नेछ । हिजोकाे नेतृत्वले गरेको योगदानलाई सम्मान गर्दै नयाँ ऊर्जावान नेतृत्व निर्माण गर्नुपर्ने दायीत्व हामीसँग छ । आम जनताको भरोसा भएर सतिसाल झै उभिन सक्ने कांग्रेस निर्माण गर्न हामी सबैको योगदान आवश्कय छ ।
नजीकिदै गरेको स्थानीय तहको निर्वाचनमा काँग्रेसको बलियो उपस्थिति गराएर सिङ्गो राष्ट्रलाई सत्मार्गको बाटोमा अघि बढाउनु छ । त्यस्तै डेढ वर्ष पछि हुने प्रतिनिधि सभाको निर्वाचनमा अत्याधिक बहुमत सहितको पहिलो पार्टी बनाएर शान्ति सुव्वस्था कायम गर्दै लोकतन्त्रको रक्षा र प्रवर्धन, आर्थिक, सामाजिक, राजनैतिक विकास, मानवीय विकास गर्दै हाम्रो संविधानले निर्देशित गरेका समुदायका धर्म संस्कृति, भाषा, परम्परा र गरिमालाई विकास र रक्षा गर्दै समुन्नत नेपाल र सुखी सम्मपन नेपाली निर्माण गर्ने सपना पूरा गर्नु छ । हाम्रो समाजको विकास र समृद्धिको तिर्खा निकै लामो छ । विगतको दुई तिहाईको बहुमत प्राप्त कम्युनिस्ट सरकारको असक्षमताले जनतामा ठूलो नैराश्यता छाएको छ । एकातिर आम जनतामा राजनैतिक प्रतिको विश्वास घट्दै गएको छ भने राजनैतिक दलहरू आपसी लडाईमा मात्रै सीमित भएको आरोप जनताको छ । अर्कोतिर आम जनताको जीवन विकास गर्न र नेपाली कांग्रेसले बोकेको समुन्नत नेपाल, सम्पन्न र सम्मानित नेपाली बनाउने सपना साकार बनाउने जिम्वेवारी अब आउने नेपाली कांग्रेस नेतृत्वकाे काधमा छ । यसका लागि हामीले निर्माण गर्ने अबको नेतृत्व जनता प्रति पूर्ण उत्तरदायी भई सिङ्गो देशको उज्ज्वल भविष्य निर्माण गर्न सक्ने हुनुपर्छ। यसका लागि विपी कोइरालाले देखाउनु भएको लोकतान्त्रिक समाजवादको सिद्धान्तमा प्रतिवद्ध भएर आजको बदलिँदो समाजका आयमहरुलाई आत्मसाथ गर्दै सम्वृद्ध देश निर्माणका लागि कटिबद्ध नेतृत्व नेपाली कांग्रेलाई खाँचो छ । नेपाललाई यहाँ सम्म ल्याइपुर्याउन नेपाली कांग्रेसको नेतृतवदायी भूमिकामा रही योगदान पुर्याउनु हुने सम्पूर्ण नेता तथा कार्यकर्ताहरुमा उच्च सम्मान व्यक्त गर्दछु । आठ दशक लामो नेपालको लोकतान्त्रिक इतिहासमा देशका होनहार धेरै सन्ततीहरूले वीरतापूर्वक सहादत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका कयौ कर्मठ नेता तथा कार्यकर्ताहरूले लोकतन्त्र, न्याय र समानताका निम्ति आफ्नो जीवन बलिदान दिएका छन् । ती ज्ञात अज्ञात समूर्ण महान सहिदहरु प्रति हार्दीक श्रद्धासुमन अर्पण गर्दछु । हरेक परिवर्तनमा आफुलाई अग्र भागमा उभ्याएर साहसका साथ लडेका घाइते तथा अपाङ्गता भएका समुर्ण योद्धाहरूको भूमिकालाई नमन गर्दछु । बदलिएको वर्तमान समय र यो सङ्गै थपिएका चुनौतीहरूलाई सामना गर्न दृढतापूर्वक उभिन सक्ने कांग्रेस निर्माण गर्ने उद्धेश्यका साथ यो घोषणापत्र प्रस्तुत गरेको छु ।
नेपाली कांग्रेस पार्टी नेपालकै ठूलो लोकतान्त्रिक ईतिहास बोकेको पार्टी हो । २००७ साल देखि २०३६, २०४७ साल हुँदै २०६२/३ काे ऐतिहासिक जनआन्दोलन र २०७२ सालको संविधान निर्माण नेपाली कांग्रेसकै नेतृत्वमा भएको हो । लामो राजनैतिक संघर्ष पछि अहिले हामी संघीयात्मक लोकतान्त्रिक गणतन्त्र नेपालमा आईपुगेका छौं । संविधान जारी भएर कार्यान्वयनकाे चरणमा छौं भने विकासको गति सुरु मात्र भएको अवस्था छ । प्राप्त हरेक यी उपलब्धिहरुमा नेपाली कांग्रेसका गाउँ कमिटी देखि केन्द्रीय तह सम्मको नेतृत्वकाे अहम भूमिका रहेको छ । यसरी नेपालको हरेक राजनैतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसको नयाँ नेतृत्वबारे बहस र चर्चा हुनु स्वभाविक हो । अब आउने नेपाली कांग्रेसको नेतृत्व र देशको भविष्य सङ्गै जोडिएको हुँदा जनतालाई कांग्रेसप्रति पुन विश्वास जगाउन आजको समाजसङ्ग साक्षात्कार गर्न सक्ने सदयहरुको पंक्ति काङ्ग्रेस सङ्ग हुनुपर्छ । यसका लागि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति भएर काम गरेको लामो अनुभवलाई ज्ञान बनाएर यहाँहरुको अमूल्य साथ र समर्थनलाई साक्षी सम्झेर फेरि पनि पार्टीलाई नयाँ गतिशीलता प्रदान गर्न पुन सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । यहाँहरुको सुझाव सल्लाहलाई आशीर्वाद सम्झेर फेरि पनि पार्टीलाई नयाँ जीवन दिन पार्टी विधान र लोकतान्त्रिक मूल्य मान्यता रही कार्य गर्नेछु ।
नेपाली कांग्रेस पार्टीलाई थप उर्जाशिल बनाउन निम्न विषयहरूलाई प्राथमिकता राखेर कार्य सञ्चालन गर्ने छु । पार्टी सञ्चालनको प्रक्रियामा नेपाली कांग्रेसको विधानमा पूर्ण वफादार भई न्याय र समानताको आधारमा लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै पार्टी भित्रका सबै गतिविधि र निणर्य प्रक्रियामा सबैलाई समान अवसरकाे सिर्जना गर्ने । वि पि कोइरालाले देखाउनु भएको लोकतान्त्रिक समाजवादको सिद्धान्तमा प्रतिवद्ध भएर आजको आवश्यकता अनुरूप पार्टीको विचार विकास गर्न निरन्तर प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने । युवा पुस्ताको उर्जालाई (युथ एक्सन) पुरानो पुस्ताको ज्ञान र अनुभव सङ्ग जोड्दै पार्टी सञ्चालन प्रक्रियालाई सहज र सुबोध बनाउने । पार्टी संगठनको विस्तार गर्दै संरचनात्मक सुधार गर्न योजनाबद्ध कार्यक्रमहरु सञ्चालन गर्ने। संविधानले निर्देशित गरेको भावना अनुरूप पार्टी भित्रका हरेक क्रियाकलापमा सबै समुदाय तह र तप्काको समान सहभागितालाई सुनिश्चित गर्ने । आसन्न स्थानिय तहको निर्वाचनमा रामेछाप जिल्लाको सबै पालिकामा नेपाली काँग्रेसलाई विजयी गराउन ‘ जनता सङ्ग नेपाली काँग्रेस ‘ जस्ता अभियान सञ्चालन गर्ने । यस्ता अभियानहरु मार्फत जनताका समस्यालाई पहिचान गर्ने र रामेछाप जिल्लाको विकासका लागि जन सहभागितालाई सुनिश्चित गर्ने । पार्टी सञ्चालन प्रकियलाई सबै हिसाबले पर्दशी र उत्तरदायी बनाउन पार्टीका विभाग र समितिहरूलाई गतिशील बनाउने । पार्टीका सबै संगठनहरुमा आबद्ध सदस्यहरूको डिजिटल अभिलेख राखी पार्टी गतिविधिलाई प्रविधि मैत्री बनाउने । पार्टीलाई वैचारिक विकास गर्न पुस्तकालयकाे स्थापना गर्ने । लोकतान्त्रिक मुल्य मान्यतालाई प्रवर्धन गर्न बार्षिक रुपमा लोकतान्त्रिक पुस्तिका प्रकासन गर्ने । जनताका समस्यालाई पहिचान गरी सुनुवाइका लागि राज्य र सम्वन्धित निकाय सङ्ग सहज पहुँच स्थापना गर्न पार्टीलाई राज्य र जनता जोड्ने पुलको रूपमा मार्गनिर्देशित गर्ने । राज्यले गर्ने विकास निर्माणका कार्यहरूलाई जनता मुखी बनाउन आवश्यकता अनुरूप सहयोग र खबरदारी गर्ने । बाल विकास, युवा उद्यमशीलता र महिला सशक्तिकरण र विकास, खेलकुद, किसान र मजदुर वर्गको उत्थानका लागि दिगो आयमुलक अर्थोपार्जन र सामाजिक विकासका लागि पार्टी पंक्तिलाई सक्रिय बनाउने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने तय भएको हो । महामन्त्री प्रदीप पौडेलको...

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न सबैमा आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही...

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार...