नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्।

उद्योग तथा वाणिज्य कार्यालय रामेछापलाई सोमबारदेखि एकल विन्दु सेवा केन्द्र (नमुना कार्यालय) का रूपमा सञ्चालनमा ल्याउने क्रममा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सेवाग्राहीको विश्वास जित्ने गरी कार्यालयले काम गर्नुपर्नेमा जोड दिइन्।

“नमुना कार्यालय बन्नु ठुलो कुरा होइन, त्यसअनुसारको सेवा निरन्तर दिन सक्नु ठुलो कुरा हो,” उनले भनिन्। सार्वजनिक सेवाको गुणस्तर कायम राख्दै पारदर्शी, छिटो र सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न उनले कार्यालयलाई निर्देशन दिइन्।

मन्त्री श्रेष्ठले उद्योगसम्बन्धी सेवा प्रवाहलाई सहज, प्रभावकारी र नागरिकमैत्री बनाउन बागमती प्रदेश सरकारले एकल विन्दु सेवा केन्द्रको अवधारणा कार्यान्वयनमा ल्याएको बताइन्। आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै उद्योग तथा वाणिज्य कार्यालयलाई यस्तै नमुना कार्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिँदै उनले रामेछाप यस्तो सेवा लागू गर्ने प्रदेशको तेस्रो जिल्ला बनेको उल्लेख गरिन्।

उनका अनुसार उद्योग दर्ता, नवीकरण, नाम दर्ता, सिफारिसलगायतका सेवा अब एउटै कार्यालयबाट उपलब्ध हुनेछन्। डिजिटल सेवा प्रणाली, गुनासो व्यवस्थापन, समयमै सेवा प्रवाह, सुशासन तथा उद्यम प्रवर्द्धनलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिने उनले बताइन्।

कार्यक्रममा मन्त्रालयका सचिव जीवलाल भुसालले उद्योगसम्बन्धी सबै सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकल विन्दु सेवा केन्द्र स्थापना गरिएको बताए। यसबाट सेवाग्राहीको समय र लागत दुवै घट्ने विश्वास व्यक्त गर्दै उनले सेवाको प्रभावकारिता र निरन्तरतामा विशेष ध्यान दिन आग्रह गरे।

उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले नमुना कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक तथा प्रशासनिक संरचना तयार गरिएको जानकारी दिए। छिटो, सरल तथा डिजिटल प्रणालीमार्फत सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने गरी कार्यालयलाई व्यवस्थित गरिएको उल्लेख गर्दै उनले गुणस्तरीय सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...