निवर्तमान कांग्रेस सभापती न्यौपाने द्वारा प्रेस वक्तव्य जारी

Written by meropradesh creator

२० आश्विन २०७८, बुधबार

रामेछाप । नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापती लबश्री न्यौपानेले प्रेस वक्तब्य जारी गर्दै नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेसन बाट सभापती लगाएत निर्वाचित सबैलाई शुभकामना ब्यक्त गरेका छन् ।
नि वर्तमान सभापती समेत रहेका न्यौंपानेले प्रेस वक्तब्यमा भनेका छन् नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिको निर्वाचनमा सभापतिका प्रत्यासी हामी तिन मध्ये कसैले पनि विधानतः जिल्ला पार्टी सभापति बन्नका लागि आवस्यक ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न सकेनौ । पुर्ण बहादुर तामाङ (कान्छाराम) पहिलो, म (लवश्री न्यौपाने) दास्रो र मेरा मित्र कृष्ण बहादुर महतजीले तेस्रो स्थान प्राप्त गर्र्यो । मलाई दोस्रो स्थानको मत प्राप्त गर्न आफ्नो अभिमत प्रदान गर्नुहुने सबै क्षेत्रीय प्रतिनिधि साथीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु भनेका छन् ।


साथै कांग्रेसको निष्ठा र आदर्शमा अविचलित प्यारा साथीहरुबाट प्राप्त स्थानको उच्च सम्मान व्यक्त गर्दै मेरो कार्यकालमा साथ सहयोग गर्नुहुने सबै प्रति र जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सबै प्रति धन्यवाद ज्ञापन गर्दछु भनेका छन् ।
न्यौपानेले प्रेस वक्तव्यमा भनेको छ । विधानतः जिल्ला सभापति छान्ने प्रक्रिया अर्न्तगत आवश्यक मत कसैले पनि प्राप्त गर्न नसकेको परिस्थितिमा सहकार्य, सहमति र एकताका लागि सम्पूर्ण साथीहरुको आग्रहमा मैले पूर्णबहादुर तामाङ्ग (कान्छाराम) लाई सर्वसम्मत सभापतिको लागि सघाउने निर्णय गरेको हुँ । नेपाली काङग्रेस पार्टीभित्र हामी एकअर्कामा वैमनष्यता, मनमुटाव राखेर संगठन मजवुद वनाउन सक्दैनौ । निकट भविष्यमै हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै हामी सबै मिली एकजुट भई सवै तहमा विजय प्राप्त गर्नुपर्नेछ । सहकार्य र एकता नै काङग्रेसको बल हो । यही तथ्यलाई आत्मसाथ गर्दै सबै मिलेर जिल्ला भरिनै संगठन विस्तारमा लाग्नुपर्ने अवस्था छ । यस परिस्थितिमा पार्टी भित्रका आन्तरिक विवादहरुलाई मिलाएर एकजुट हुन आवश्यक थियो । पार्टी भित्रको एकता कै लागि सर्वसम्मत सभापति चयन गर्न मैले कान्छारामजीलाई साथीहरुको आग्रहमा सहयोग गरेको हुँ ।
आगामी दिनमा काङग्रेसलाई थप मजवुद वनाउन उहाँले महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिएको छु । मेरा कार्यकालमा शुरुवात भएका अधुरा कार्यहरु पूरा गर्ने तर्फ लाग्नुहोस्, संगठनलाई मजवुद वनाउनु होस, सबै स्थानीय तहमा नेपाली काङग्रेसको जीत सुनिश्चित गराइ काङग्रेसलाई मजवुद बनाउन र काङग्रेसका सबै साथीहरुलाई एक ढिक्का गराएर लैजानु आग्रह गर्दछु । तपाईको कार्य अवधिभर सदैव तपाईसँग हातमा हात र कार्धमा कार्धं मिलाएर सहयोग गर्नेछु । कान्छारामजी, सर्वसम्मत सभापति बन्नु भएकोमा हार्दिक वधाइका साथै सफल एंव उत्कृष्ट कार्यकालको शुभकामना व्यक्त गर्दछु प्रेस वक्तव्यमा भनिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...