नगरप्रमुखको भनाई प्रति पत्रकारहरुको पेशागत संग संठनको आपत्ति

Written by meropradesh creator

१ माघ २०७७, बिहीबार

रामेछाप , १ माघ । मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेतले नगरसभामा बोलेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ लगायतका पत्रकारहरुका विभिन्न पेशागत सङ्घ संगठनहरुले आपत्ति जनाएका छन् । गत पुस २८ गते मंगलबार मन्थली नगरपालिकाको आठौं नगर सभामा नगर प्रमुख वस्नेतले आफ्ना धाराणा राख्ने क्रममा नगरसभामा पत्रकारहरुको अनुपस्थिति भएको विषयलाई लिएर व्यक्त अभिब्यक्ति असान्र्धभिक, अनैतिक र अशोभनिय भएको भन्दै उहाँको सार्वजनिक भनाई प्रति आपत्ति जनाएका छन् ।
विहीबार नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले छुट छुट्टै तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकारसंघ नेपाल, क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे),सञ्चारिका समुह रामेछाप र रिपोर्टस क्लब नेपालले संयुक्त रुपमा विज्ञप्ति निकालेर नगर प्रमुख बस्नेतलाई यस्तो चुनौती दिएका हुन् ।


उनिहरुले जारी गरेको विज्ञप्तिमा नगर प्रमुखले नगरसभाको कार्यक्रममा बोल्दै पत्रकारहरुलाई खान र लिन पाउने भए लाईन लागेर आउथे, अन्यथा कार्यक्रममा किन आउथे ? भन्दै तल्लो स्तरको उपमा दिएको कुराले समग्र पत्रकार र पत्रकारीता पेशा प्रति अपमान गरेको भनिएको छ ।
विज्ञप्तिमा जिल्लामा पत्रकारिता गरिरहेका कुनैपनि व्यक्ति लाईन लागेर पैसा लिन या खान मन्थली नगरपालिकामा नगएको स्पष्ट पार्दै यदि कोहि पत्रकार खान र लिनका लागि नगरपालिकामा गएको भए तीनका नाम सार्वजनिक गर्न चुनौति दिन चाहन्छौं भनिएको छ । नगर सभामा पत्रकारहरुलाई नबोलाउने तर लाजै नमानी आएनन् भनेर आफ्नो हैसियत र सार्वजनिक पदको गरिमा लाई समेत विर्सेर पत्रकार र पत्रकारिता पेशा प्रति अपमान गर्ने नगर प्रमुखको उक्त भनाई प्रति घोर भत्र्सना गर्दछांै विज्ञप्ति मार्फत भनेका छन्।
पत्रकारहरु पेशागत मर्यादा र तोकिएको आचारसंहिता बमोजिम आफ्नो धर्म निर्वाह गर्ने कुरामा सदैब सचेत र सतर्क छन् ,कुनैपनि राजनीतिक दल या जनप्रतिनिधिलाई आँच पुग्ने गरी यस अघि कुनै कार्य नगरेको हाम्रो दावि छ , पेशागत मर्यादामा रही कलम चलाउने पत्रकारहरुलाई जे मनमा लाग्छ त्यहि बोल्ने र तल्लो स्तरमा झरेर गालीगलौज गर्ने अधिकार जनप्रतिनिधी लगाएत कोहि कसैलाई नभएको कुरा समेत स्मरण गराउन चाहन्छौं जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...