काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछाप–काठमाडौँ सम्पर्क समितिको नेविसंघ रामेछाप–काठमाडौँ सम्पर्क समितिको कार्यबहाक अध्यक्षमा राजेश भण्डारी नियुक्त राजेश भण्डारी नियुक्त भएका छन्। नेविसंघको विधान २०७७ (सातौँ संशोधन २०७९) अनुसार संघको सम्पर्क समिति कार्यविभागीय अध्यक्षको निर्णय अनुसार भण्डारीलाई नेविसंघ रामेछाप–काठमाडौँ सम्पर्क समितिको कार्यबहाक अध्यक्षमा राजेश भण्डारी नियुक्तपदमा मनोनयन गरिएको हो। उक्त मनोनयनसँगै भण्डारीले नेविसंघको विधि, विधान र मर्यादाभित्र रही संगठनको हितमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। सम्पर्क समितिले भण्डारीको मनोनयनले नेविसंघ रामेछापलाई थप उचाइ दिने विश्वास व्यक्त गर्दै उनको सफल कार्यकालको कामना समेत गरेको छ।
उक्त मनोनयनसम्बन्धी जानकारी नेविसंघ रामेछाप–काठमाडौँ सम्पर्क समिति अध्यक्ष विष्णु श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमार्फत सार्वजनिक गरिएको हो। साथै, यस निर्णयको बोधार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछाप तथा नेविसंघ केन्द्रीय कार्यसमितिलाई जानकारी गराइएको छ।









