नेपाली सेना द्वारा रामेछापमा दौड प्रतियोगता

मन्थली । नेपाली सेनाले नव वर्ष २०८१ को अवसर पारेर जिल्ला सदरमुकाम मन्थलीमा दौड प्रतियोगिताको आयोजना गरेको छ । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ ९ नं बाहिनीको आयोजना तथा नयाँ गोरख गण रामेछापको समन्वयमा ३, ५ र ८ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको हो ।


३ किलोमिटर दौड प्रतियोगितामा बिद्यालयमा १० कक्षा सम्म अध्ययन गर्ने छात्र छात्रा लाई सहभागि गराइएको थियो भने ५ किलोमिटरमा खुल्ला महिला र ८ किलोमिटर मा खुल्ला पुरुष दौड प्रतियोगिता गराइएको थियो । ८ किमि दौड तर्फ नयाँ गोरखगण का उमेश खत्री, सुनिल गुरुङले क्रमश प्रथम र द्धितिय स्थान हासिल गरे । भवानी बक्स गणका अरुण खड्का ले तृतिय स्थान गरे ।


त्यसैगरी ५ किलोमिटर खुल्ला महिला दौड तर्फ पुजा केसी , खुसी प्रधान र बिना श्रेष्ठ क्रमश प्रथम दितिय र तृतिय स्थान हासिल गरेका छन् । त्यसैगरी ३ किलोमिटिर दौडको छात्रा तर्फ गौरीशंकर मावि रामेछापकी कबिता कार्की भैरबि मा वि कि सुजिना भुजेल र मन्थली मावि कि देबि श्रेष्ठ क्रमशः प्रथम दितिय र तृतिय स्थान प्राप्त गर्न सफल भए ।


यसैगरी छात्र तर्फ मन्थली माविका सुजन तामाङ, र सोहि विबद्यालयका शुशिल कार्की प्रथम र तृतिय भए भने भैरबि माबिका रमेश बस्यालले द्धितिय स्थान हासिल गरे । बिजयी प्रतियोगिहरुलाई मन्थली नगर प्रमुख लव श्रेष्ठ, उप प्रमुख इश्वरी बस्नेत रामेछाप नगरपालिकाकी उप प्रमुख वाल कुमारी कार्की लगाएतले पुरस्कार बितरण गरेका छन् ।


९ नं बाहिनी सिन्धुलीका सहाएक रथि प्रकाश बहादुर चन्दको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमममा सहभागि भएका विद्यालयहरु मध्ये भैरवी माविलाइ उत्कृष्ठ खेल प्रदर्शनी गर्ने बिद्यालयको रुपमा पुरस्कृत गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुँदैछ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । महायज्ञ अवधिभर जगद्गुरु,...

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

मन्थली । मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयले कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको छ । विशेषतः विज्ञान संकायमा भर्नाका लागि विद्यालयले विशेष तयारी थालेको हो । विद्यालयका प्रधानाध्यापक डा. टंक प्रसाद दहालका अनुसार विज्ञान शिक्षा क्षेत्रमा विद्यालयले...

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ। विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य...