नेपाली सेना द्वारा रामेछापमा दौड प्रतियोगता

मन्थली । नेपाली सेनाले नव वर्ष २०८१ को अवसर पारेर जिल्ला सदरमुकाम मन्थलीमा दौड प्रतियोगिताको आयोजना गरेको छ । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ ९ नं बाहिनीको आयोजना तथा नयाँ गोरख गण रामेछापको समन्वयमा ३, ५ र ८ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको हो ।


३ किलोमिटर दौड प्रतियोगितामा बिद्यालयमा १० कक्षा सम्म अध्ययन गर्ने छात्र छात्रा लाई सहभागि गराइएको थियो भने ५ किलोमिटरमा खुल्ला महिला र ८ किलोमिटर मा खुल्ला पुरुष दौड प्रतियोगिता गराइएको थियो । ८ किमि दौड तर्फ नयाँ गोरखगण का उमेश खत्री, सुनिल गुरुङले क्रमश प्रथम र द्धितिय स्थान हासिल गरे । भवानी बक्स गणका अरुण खड्का ले तृतिय स्थान गरे ।


त्यसैगरी ५ किलोमिटर खुल्ला महिला दौड तर्फ पुजा केसी , खुसी प्रधान र बिना श्रेष्ठ क्रमश प्रथम दितिय र तृतिय स्थान हासिल गरेका छन् । त्यसैगरी ३ किलोमिटिर दौडको छात्रा तर्फ गौरीशंकर मावि रामेछापकी कबिता कार्की भैरबि मा वि कि सुजिना भुजेल र मन्थली मावि कि देबि श्रेष्ठ क्रमशः प्रथम दितिय र तृतिय स्थान प्राप्त गर्न सफल भए ।


यसैगरी छात्र तर्फ मन्थली माविका सुजन तामाङ, र सोहि विबद्यालयका शुशिल कार्की प्रथम र तृतिय भए भने भैरबि माबिका रमेश बस्यालले द्धितिय स्थान हासिल गरे । बिजयी प्रतियोगिहरुलाई मन्थली नगर प्रमुख लव श्रेष्ठ, उप प्रमुख इश्वरी बस्नेत रामेछाप नगरपालिकाकी उप प्रमुख वाल कुमारी कार्की लगाएतले पुरस्कार बितरण गरेका छन् ।


९ नं बाहिनी सिन्धुलीका सहाएक रथि प्रकाश बहादुर चन्दको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमममा सहभागि भएका विद्यालयहरु मध्ये भैरवी माविलाइ उत्कृष्ठ खेल प्रदर्शनी गर्ने बिद्यालयको रुपमा पुरस्कृत गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...