नेपाली कांग्रेस दोलखाका पुर्व सभापति न्यौपानेको अन्तिम दाहसंस्कार

Written by meropradesh creator

११ बैशाख २०७८, शनिबार

रामेछाप । नेपाली कांग्रेस दोलखाका पुर्व पार्टी सभापति देवि प्रसाद न्यौपानेको शुक्रबार अन्तिम दाहसंस्कार गरियको छ । नेपाली कांग्रेसका सह माहामन्त्री प्रकाश शरण महतले पार्टीको झण्डा ओडाएर न्यौपाने प्रजातान्त्रीक आन्दोनमा महत्वपुर्ण योगदान गरेका बैचारीक इमान्दार र कर्तव्यनिष्ट नेता लाई पार्टी र दोलखा बासीले गुमाएको भन्दै दुख ब्यक्त गरे । उनले नेता न्यौपानेको निधनले पार्टीलाई अतुलनिय क्षेती पुगेको समेत बताए ।


न्यौपानेको बिहीबार आफ्नो घर छेउको रुख काट्ने क्रममा रुखले किचेर घाइते भएपछी उपचार गर्न अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको नेपाली काँग्रेस दोलखाका नेता बर्मा लामाले जानकारी दिए । उनको ७१ वर्षको उमेरमा निधन भएको हो । न्यौपानेको मृत्युले नेपाली प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ । न्यौपानेको मृत्युले दोलखा काँग्रेसले एक अभिभावक गुमाएको भन्दै पार्टी सभापति रुद्र बहादुर खड्काले दुख व्यक्त गरेका छन् । न्यौपाने २०२७ सालमा जनकपुर अञ्चलको गौरीशंकर छात्र समितिको सदस्य हुँदै विद्यार्थी राजनीतिमा होमिनु भएको थियो । उहाँ विद्यार्थी राजनीति पछि २०४७ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति र २०६२÷२०६३ सालको आन्दोलन ताका पनि जिल्ला सभापतिको रुपमा रहनु भएको थियो ।
उहाँ तत्कालिन समयमा शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको दोलखा सभापति समेत रहनु भएको थियो । उहाँ तीन पटक दोलखाको सभापतिको रुपमा रहनु भएको नेपाली कांग्रेसका पुर्ब सभापति उद्धबराज काफ्लेले बताउनु भयो । राजनीतिमा कुनै लाभको पद नलिएका न्यौपाने अत्यन्तै सरल , सादगी , निष्ठावान नेताको रुपमा चिनिनु हुन्थ्यो । विपी कोईराला प्रवासमा रहँदा भारतको बनारसमा बिपि कोईराला हँुदै सरोज कोईरालासँगै २ बर्ष प्रवासमा समेत विताउनु भएको न्यौपाने हाल नेपाली कांग्रेसका पुराना नेताको रुपमा समेत चिनिनु हुन्थ्यो ।
नेशनल कलेज हालको शंकरदेब क्यापसका विद्यार्थी नेता न्यौपानेको प्रदीप गिरी, दुर्गा सुबेदी , बिमेलेन्द्र निधि जस्ता नेताहरुसँग अत्यन्तै गहिरो सामित्यता रहेको थियो । न्यौपानेले नेपाली जनताको हकहित अधिकार प्राप्तिका लागि नीन पटक गरेर करिब चार बर्ष जेल जीवन समेत बिताएको नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले बताउनु भयो । न्यौपाने नेपाली कांग्रेसले लिएको मेलमिलापको नीति पश्चात् बिपीसँगै स्वदेश फर्किनु भएको थियो ।
दोलखाको कांग्रेसको राजनीतिमा न्यौपाने निरन्तर महासमिति सदस्य समेत रहनु भएको थियो । २०५७ सालमा न्यौपानेलाई सरकारले गठन गर्ने सुकुम्बासी आयोगको जिल्ला अध्यक्ष समेत बनाईएको थियो । उहाँ बाह्रौं महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवार बनि झिनो मतले पराजित बन्नुभएको थियो ।
२००६ साल असोज १६ गते दोलखाको जफेमा जन्मिनूभएको न्यौपानेको जिवनस्तर हेर्दा बर्तमान नेपाली राजनितिलाई नै एउटा उदारण रहेको छ । अत्यन्तै सहयोगि, कार्यकर्ता माझ लोकप्रिय नेताका रुपमा चिनिने नेताको रुपमा न्यौपानेलाई लिईन्थ्यो । पंञ्चायत बिरुद्धको प्रर्जातान्त्रीक आन्दोलनका योद्धा समेत रहेका न्यौपानेको अन्तिम दाहस्कारका लागी जफेको ढोलीखोलामा नेपाली कांग्रेसका नेता कार्यकर्ता लगाएत अन्य राजनितीक दलका नेता कार्यकर्ताहरु सहभागी भएको थियो ।

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...