नेकपा एमाले रामेछाप जिल्ला अधिवेशनको तयारीमा

११ बैशाख २०८१, मंगलवार

रामेछाप । नेकपा एमाले रामेछाप नवौँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । नेकपा एमालेको भूगोलका सबै वडा र उत्पीडित समुदायबाट प्रतिनिधि छनोट वैशाख १५ गते हुने छ । गत चैत २२ गते सम्पन्न भएको एमाले रामेछापको १० औँ पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको थियो ।

पार्टीको अधिवेशन नजिकिए सँगै एमालेको वडा कमिटीदेखि जिल्ला कमिटी तथा सबै जनवर्गिय सङ्गठनहरू पनि आ आफ्नो तयारीमा जुटेका छन् । बैठकको निर्णय अनुसार जनसङ्गठनका प्रतिनिधि छनोट कार्य वैशाख १७ गते जिल्ला सदरमुकाम मन्थलीमा हुने छ । जिल्ला अधिवेशन उद्घाटन वैशाख २६ गते मन्थली स्थित तीनलाल पार्कमा हुने एमाले रामेछापले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठको संयोजकत्वमा जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरू र पालिका कमिटीका अध्यक्षहरू रहेको १५२ सदस्यीय ९ औँ जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ । मूल व्यवस्थापन समितिको कामलाई थप व्यवस्थित गर्न विभिन्न उपसमिति गठन गरिएको छ । पार्टी अध्यक्ष आनन्द श्रेष्ठको संयोजकत्वमा साङ्गठनिक, राजनैतिक प्रतिवेदन, प्रस्ताव मस्यौदा उपसमिति बनेको छ । त्यस्तै उपाध्यक्ष इन्द्रबहादुर तामाङको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ । प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजन गर्ने जिम्मेवारी पार्टी सचिव पुरुषोत्तम कडरियालाई दिइएको छ । प्रचार प्रसार उपसमितिको संयोजकको जिम्मेवारी उपसचिव प्रकाशकुमार कार्कीले पाएका छन् । आवास एवम् खाद्य व्यवस्थापन उपसमितिको संयोजक अर्का उपसचिव होतराज ढकाल, आर्थिक प्रतिवेदन मस्यौदा उपसमितिको संयोजन वित्त तथा कोष व्यवस्थापन विभागका प्रमुख रामप्रसाद देवकोटाले पाएका छन् ।

आर्थिक उपसमितिको संयोजक पार्टी अध्यक्ष आनन्द श्रेष्ठ आफैँ रहेका छन् । सदस्यमा जिल्ला कमिटी पदाधिकारीहरू र वित्त तथा कोष व्यवस्थापन विभाग रहेका छन् । मञ्च तथा हल व्यवस्थापन उपसमितिको जिम्मेवारी मिलन घिसिङ संयोजक रहेको उपसमितिले पाएको छ । स्वयंसेवक परिचालन उपसमिति संयोजकको जिम्मेवारी उज्ज्वल सुवेदीलाई दिएको छ । प्रतिनिधि छनौटका लागी वडा निर्वाचन क्षेत्र तोकिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मिस ग्रान्ड नेपाल २०२५ को आवदन खुल्ला यो वर्षा पनि तिन मिसको खोजिगर्दै

मिस ग्रान्ड नेपाल २०२५ को आवदन खुल्ला यो वर्षा पनि तिन मिसको खोजिगर्दै

२०२५ को संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ। आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै, इन्टरनेसनल ताज नेपालमा ल्याउने पहिले सस्थानै आर.के. इन्टरटेन्मेन्ट ग्रुप हो मिस ग्रान्ड वोर्ल्ड, फेश अफ वियूटी...

गेलुको गजपानी आगलागी पीडितलाई राहत हस्तान्तरण

गेलुको गजपानी आगलागी पीडितलाई राहत हस्तान्तरण

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ११ गजपानिमा गए राति आगोलागि हुँदा दुई घर जलेर नष्ट भएको थियो । आगालागिबाट घरबार विहीन बनेका आगोलागि पीडित फस्टबहादुर श्रेष्ठको परिवारलाई मन्थली नगरपालिका लगायत विभिन्न सङ्घ संस्थाले शनिवार बिहान राहत हस्तान्तरण गरेको छ । मन्थली...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...