रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को रामेछापमा जिल्ला कमिटी गठन भएको छ । शनिबार सम्पन्न जिल्ला कमिटी गठन तथा वृहत कार्यकर्ता भेलाले रमेश बस्नेतको अध्यक्षतामा २ सय ९१ जिल्ला कार्यसमीती गठन भएको छ । उपाध्यक्षमा धनलाल योञ्जन र सचिबमा लालसिंह तामाङ्ग चयन भएको छ । नेकपा एमालेमा केपी शर्मा वलिले एकलौटी ढंगबाट सरकार चलाएको र कम्युनिष्टको बिचारलाई कुल्चेर हिडेको भन्दै नेकपा एमाले फुटे लगतै अहिले जिल्ला जिल्लामा नयाँ समिती गठन भएको छ । रामेछापको जिल्ला भेलामा ५ सय भन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ता भेला भएको थियो ।
मन्थली नगरपालिकाका नगर प्रमुख समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष रमेश बस्नेतले अब नेकपा (एस)लाई सकृय रुपमा अगाडी बढाउने बताएका छन । सदस्यहरुलाई पार्टी इन्चार्ज तथा केन्द्रिय सदस्य देबशंकर पौडेलले पद तथा गोपनियताको सपथ समेत गराएका छन ।