रामेछापमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणतर्फ धकेलिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकीले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउनुभएको छ। पछिल्लो नतिजाअनुसार २१ हजार ५९ मतसहित बुढाथोकी पहिलो स्थानमा रहँदा उहाँलाई नेकपा एमालेका माधवप्रसाद ढुङ्गेलले १५ हजार ४३६ मतका साथ पछ्याइरहनुभएको छ। नेपाली कांग्रेसका रामचन्द्र खड्का १४ हजार ६७३ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ भने नेकपाका श्यामकुमार श्रेष्ठले ११ हजार ५४९ र उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जनले ६ हजार ८०४ मत प्राप्त गर्नुभएको छ। कुल ९० हजार ७१० मत खसेको यस क्षेत्रमा हालसम्म ७६ हजार ५५८ मत गणना भइसकेको छ, जसमा ४ हजार ५०८ मत बदर भएका छन्। अब गणना हुन बाँकी १४ हजार १५२ मतले रामेछापको अन्तिम चुनावी चित्र स्पष्ट पार्नेछ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









