मन्थलीमा नगर बाल सञ्जाल पुनर्गठनः अध्यक्षमा प्रबिन श्रेष्ठ

रामेछाप । मन्थली नगरपालिकामा बाल अधिकार संरक्षण तथा प्रवद्र्धनका उद्देश्यले सक्रिय रहेको नमुना मन्थली नगर बाल सञ्जाल पुनर्गठन गरिएको छ । शनिबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममार्फत नयाँ कार्यसमिति चयन गरिएको हो ।
पुनर्गठन मार्फत सञ्जालको अध्यक्षमा प्रबिन श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा सिर्जना नेपाली र आदर्श श्रेष्ठ, सचिवमा जेनिसा पाण्डे, सहसचिवमा अरुणा घिमिरे तथा कोषाध्यक्षमा श्रीया कार्की निर्वाचित भएका छन् ।

त्यस्तै समितिका सदस्यहरूमा युनिक भुजेल, मनसुन लामा, समता माझी, युनिक कार्की, ज्ञानिशा अधिकारी, सत्या खड्का र अप्सरा बुढाथोकी चयन भएका छन् । सल्लाहकारमा रुबिन बोहरा, अपेना कार्की र सीता कार्की मनोनयन गरिएको छ ।

निवर्तमान अध्यक्ष रुबिन बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख लब श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत श्री देवर्षि सापकोटा, नगरप्रबक्ता गोपाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष युवराज श्रेष्ठ, नेपाल बाल संगठनका अध्यक्ष सुन्दर घिमिरे , बाल सञ्जालका संस्थापक अध्यक्ष उत्सव केसीले नयाँ नेतृत्वलाई बधाई दिँदै मन्तव्य व्यक्त गरेका थिए । उनीहरूले बाल अधिकार संरक्षण, बालमैत्री कार्यक्रम सञ्चालन तथा बालमैत्री नगर निर्माणमा नगर बाल सञ्जालले खेलेको भूमिकाको प्रशंसा पनि गरे।

कार्यक्रमका वक्ताहरूले पुनर्गठित समितिले बाल सहभागिता, संरक्षण, विकास र सुरक्षा सुनिश्चित गर्न अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने अपेक्षा व्यक्त गरेका छन्। नगर बाल सञ्जाल मन्थलीले समुदाय, विद्यालय र स्थानीय निकायसँग समन्वय गर्दै बालमैत्री कार्यक्रम तथा पूर्वाधार निर्माणमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...