रामेछाप । तिलगंगा आँखा प्रतिष्ठान र रामेछाप सर्जिकल आँखा केन्द्रको संयुक्त आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । आगामी भदौ १३ र १४ गते तामाकोसी अस्पतालमा हुने दुई दिने शिविरमा करिब १५० बिरामीको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ ।
जिल्लाका विभिन्न स्थानमा गरिएको आँखा परीक्षणमा मोतियाबिन्दुको समस्या देखिएका बिरामीलाई छनोट गरी शल्यक्रिया गरिनेछ । रामेछाप सर्जिकल आँखा केन्द्रका प्रमुख उमेश तामाङका अनुसार शल्यक्रियापछि आवश्यक पर्ने केही आधारभूत सेवा भने निःशुल्क उपलब्ध गराइनेछ । शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसहित १० भन्दा बढी स्वास्थ्यकर्मी सहभागी हुनेछन् । शल्यक्रिया मेसिन र हात दुवै विधिबाट हुने बताइएको छ ।
आयोजकका अनुसार यो शिविर रामेछापसँगै छिमेकी जिल्ला दोलखा, सिन्धुली र काभ्रेलाई समेत लक्षित गरिएको छ । मोतियाबिन्दुका कारण दृष्टि गुमाउने अवस्थामा पुगेका ग्रामीण भेगका बिरामीका लागि यो शिविर प्रभावकारी हुने अपेक्षा गरिएको छ









