मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

१६ कार्तिक २०८२, शनिबार

मन्थली

कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्व सम्मत रुपमा पारित गरेको छ ।

समाजसेवी स्वर्गीय जगदीश घिमिरेको अगुवाईमा ११ जना संस्थापकतर्फबाट आरम्भ भएको उक्त सहकारीले २८ वर्षमा आइपुग्दा १ अर्ब ३२ करोड ४२ लाख, ४५ हजार ९ सय रुपैयाँ बराबरको सम्पति आर्जन गर्न सफल भएको अध्यक्षको प्रतिवदेनमा उल्लेख गरिएको छ । संस्थाले गत एक वर्षको अवधिमा कुल १ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।

जिल्ला सहकारी सँघका उपाध्यक्ष श्याम थापाको आथित्यतामा भएको साधारण सभामा वक्ताहरूले आम शेयर सदस्यहरूले संस्था र त्यसका सञ्चालकहरूको व्यवहारमा निगरानी गर्न सुझाएका थिए । सो अवसरमा उनीहरूले पछिल्लो समयमा कतिपय सहकारी संस्थाहरू सञ्चालकहरूको गतिविधिका कारण बदनाम भएका र उनीहरूका कारण अन्य संस्थाहरू प्रति पनि सर्व साधारणले हेर्ने दृष्टिकोण खराब बन्दै गएकोले यसका सञ्चालकहरूलाई पनि गम्भिर भएर काम गर्नका लागि आग्रह गरेका थिए ।

सो क्रममा अतिथि वक्ताहरूले सहकारीले नीति र विधिका आधारमा लगानीका आधारमा आफनो खराब ऋणीको सूचीमा परेकाहरुबाट संस्थालाई जोगाएर अघि बढ्नु संस्थाका लागि चुनौति रहेको भन्दै त्यसका लागि नयाँ सञ्चालक समितिले आत्मविश्वासका साथ काम गर्नु पनि धारणा राखेका थिए ।साधारण सभाले निवर्तमान अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समितिको समेत गठन गरेको छ । नव निर्वाचित हुनेहरूमा उपाध्यक्ष चन्दा खड्का, सचिवमा हिमाल ढुङ्गेल, कोषाध्यक्षमा महेश घिमिरे र लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा नवीन घिमिरेलाई सर्व सम्मत रुपमा पारित गरेको छ । संस्थाले आफ्नो साधारण सभा सहकारी मन्त्रालयबाट प्राप्त मापदण्ड भित्र रहेर साधारण तरिकाले सम्पन्न गरेको नव निर्वाचित सचिव हिमाल ढुङ्गेलले जानकारी गराए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...