मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषित

पूर्ण खोप सुरक्षित भविष्यु भन्ने मूल नाराका साथ रामेछापको मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित भएको छ। सरकारको निर्देशिका बमोजिम १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्रै पाउनुपर्ने सम्पूर्ण खोप दिलाएर प्रक्रिया पूरा गरेपछि मन्थलीलाई सो प्रमाणपत्र प्रदान गरिएको हो।

शनिबार आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमबहादुर थापा र जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ र उपप्रमुख ईश्वरी बस्नेतलाई संयुक्त रूपमा सो प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्की र सदस्य सचिव झाद्वारा हस्ताक्षरित प्रमाणपत्रमा पालिकाको अथक मिहिनेतको प्रशंसा गर्दै निरन्तरताको अपेक्षा गरिएको छ। सो अवसरमा उपप्रमुख थापाले मन्थली नगरपालिकालाई बधाई दिँदै पूर्ण खोपको अवस्थालाई दिगो राख्न आग्रह गर्नुभयो। यो सँगै जिल्लाका सबै पालिकाका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको छ । अब केही समयमै जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी गरिएको जिल्ला समन्वय समिति रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रमाणपत्र मात्रै होइन, तालिम सकिँदा सुनापतिका युवाको खल्तीमा लाइसेन्स!

प्रमाणपत्र मात्रै होइन, तालिम सकिँदा सुनापतिका युवाको खल्तीमा लाइसेन्स!

सरकारी बजेट सिध्याउन र भित्तामा झुन्ड्याउने प्रमाणपत्र बाँड्न मात्रै तालिम गरिन्छ भन्ने आम बुझाइलाई रामेछापको सुनापति गाउँपालिकाले चिरेको छ। गाउँपालिकाले आयोजना गरेको युवा लक्षित हलुका सवारी चालक तालिमको परिणाम दुरुस्तै देखियो, जहाँ तालिम सकिदासम्म १५ जना युवाहरूले...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...