मन्थली नगरको रनिङ शिल्डमा पुनः मन्थली माविको कब्जा

रामेछाप । मन्थली नगरपालिकामा आयोजना भएको ‘नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’मा मन्थली माध्यमिक विद्यालय (मन्थली मावि) ले फेरि आफ्नै प्रभुत्व कायम राख्दै लगातार ८ औँ पटक उपाधि जितेको छ । कुल १९ वटा सार्वजनिक तथा संस्थागत विद्यालयलाई पछि पार्दै उसले यो रेकर्ड कायम गरेको हो ।

बिहीबारदेखि मन्थली माविको खेलमैदानमा चलेको विभिन्न खेलप्रतिस्पर्धामा विद्यालयले ३४ स्वर्णसहित कुल ८० पदक हात पार्दै नयाँ इतिहास रच्यो। लगातार दोस्रो बन्ने क्रम तोड्न नसकेको तामाकोशी बोर्डिङ स्कूल यसपटक पनि उपविजेतामै सीमित रह्यो।

१४ वटा वडाका २० विद्यालयका विद्यार्थीहरूले ६६ स्वर्णका लागि प्रतिस्पर्धा गरेको प्रतियोगितामा मन्थली माविले पुनः आफ्नो बलियो उपस्थिति देखायो। दुई रनिङ शिल्ड पञ्च गरिसकेको विद्यालयले अर्को वर्ष तेस्रो शिल्ड पनि पञ्च गर्ने दाबी प्रअ टंकप्रसाद दाहालले गरे।

निजी क्षेत्रको तामाकोशी बोर्डिङ स्कूल लगातार चौथो वर्ष दोस्रो बन्न पुग्यो। ‘फस्ट हुने लक्ष्य हुन्छ, तर अहिलेसम्म पूरा हुन सकेको छैन, आगामी वर्ष हेरौँ,’ प्रअ दीपक खड्काले प्रतिक्रिया दिए।

प्रतियोगिताका विजेताहरूलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठलगायतले शिल्ड, पदक र प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरे।

विजेता मन्थली माविले ४० हजार रुपैयाँसहित ट्रफि, शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो । ११ स्वर्ण, १४ रजत र १६ कास्य गरी ४१ पदक जितेको तामाकोशी बोर्डिङले २५ हजारसहित पुरस्कार पायो ।
तेस्रो कर्कला देवी बोर्डिङ स्कूल (केब्स) ले ७ स्वर्ण, ३ रजत र ६ कास्य गरी १६ पदक जित्दै १५ हजार प्राप्त ग¥यो । बाहिरी क्षेत्रबाट प्रतियोगितामा सहभागी निलकण्ठेश्वर मावि कठजोरले ५ हजार रुपैयाँसहित सान्त्वना पुरस्कारमा चित्त बुझायो।

२११ पदक (६६ स्वर्ण, ६६ रजत, ७९ कास्य) का लागि भएको प्रतिस्पर्धामा चार विद्यालयले भने एक पदक पनि जित्न सकेनन्। मन्थली नगरपालिका–१४ का कालीदेवी मावि र बौद्ध मावि, वडा १२ को शारदा मावि र वडा १० को सरस्वती माविले शून्य पदकमा सीमित भए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...