मन्थली माविका शिक्षकले खाए ५ हजारको लोकल भाले

Written by meropradesh creator

३० भाद्र २०७८, बुधबार

रामेछाप । मन्थली माध्यमिक विद्यालयका शिक्षकहरुले खाजाको रुपमा खाएको ५ हजार रुपैयाँको लोकल भालेको रकम तत्काल असुल उपर गर्न स्थलगत छानविन समितिले निर्देशन दिएको छ ।

मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा मन्थली नगरपालिका शिक्षा शाखामा परेको उजुरी पछि गठित स्थलगत छानविन समितिले अनुगमनको क्रममा खाजाको नाममा लोकल भालेलाई ५ हजार दिएको बिल फेला पारेको छ । मन्थली माध्यमिक विद्यालयको लेखा शाखाका कागजात चेकजाँच गर्ने क्रममा ५ हजार रुपैयाँमा लोकल भाले खाएको बिल राखेर सोही बिल बमोजीम भुक्तानि दिएको फेला पारेपछि उक्त बिल अनुसारको रकम असुल उपर गर्न छानविन समितिले विद्यालयलाई निर्देशन दिएको हो ।

मन्थली माविका शिक्षकहरुले २०७७ साल चैत्र ३१ गते मन्थलीमा रहेको जे एस भोजनालय एण्ड लजमा खाजा खाएको र उक्त होटलले शिक्षकहरुले खाएको खाजा सहितको रकम पाउँ भनी होटल संञ्चालकले बिल नं ७७० मा लोकल भाले ५ हजार उल्लेख गरि बिल पेश गरेका थिए । सोही बिल बमोजीम मन्थली माविले होटल संचालकलाई रकम भुक्तानी गरेको थियो ।


मन्थली माविमा भएको अनियमितताको बिषयमा छानविन गर्न मन्थली मावि पुगेको स्थलगत छानविन समितिले विद्यालयको खातापाता हेर्ने क्रममा ५ हजारको लोकल भालेको बिल फेला परेपछि उक्त बिल हेरेर समितिका सदस्यहरु गलललल् हाँसेका थिए । कागजात हेर्ने क्रममा ५ हजारको लोकल भाले भन्ने बिल फेला परेपछि उक्त बिल हेरेर हामीलाई उठेको हाँसो रोक्न सकेनौंँ एक सदस्यले बताए ।

स्थलगत छानविन समितिले मन्थली नगरपालिकामा बुझाएको प्रतिवेदन सार्वजनिक भएपछि अहिले रामेछापमा ५ हजारको लोकल भालेको चर्चा बजारमा चलेको छ । अहिलेसम्म ५ हजारको लोकल भाले नदेखेका र नखाएका नागरिकहरु मन्थली माविका शिक्षकले खाएको ५ हजारको लोकल भाले कहाँ पाइन्छ भन्दै खोजीमा जुटेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...